
काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले बारा जिल्लामा संयोजक सम्राट उपाध्यायको नेतृत्वमा चलिरहेको शान्तिपूर्ण कार्यक्रममा एमालेले परिचालित गुन्डा समूहले हमला गरेको आरोप लगाए। गृहमन्त्रीको “लाचारीपन” का कारण घटना घटेको दाबी गर्दै उनले आन्दोलनको म्यान्डेट र Gen Z का बलिदान बिर्सिएको टिप्पणी गरे।


दोषी पक्राउ नपरे गृहमन्त्रीले राजीनामा दिनुपर्ने चेतावनी दिंदै गुरुङले आवश्यकता परे “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान सुरु गर्ने बताए। उनले आन्दोलनकारीमाथि हुने कुटपिट सहन नदिने र अपराधी उन्मुक्त भए ठूलो जनआक्रोश भड्किने दाबी गरे।
बिज्ञापन





