नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने : शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका
बनेपा नगरपालिकाको आयोजनामा संचालित आ.ब. २०८०।०८१ मा बनेपा नगरपालिकाबाट सम्पादित योजना तथा कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी संपन्न भएको छ।
नगरप्रमुख शान्तिरत्न शाक्यले गमलामा पानी हालेर उद्घाटन गर्नुभएको गोष्ठीमा प्रशासन शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कानुन शाखा, लेखा शाखा, राजश्व शाखा, कृषि शाखा, पशु सेवा शाखा, भूमि व्यवस्थापन शाख...