काठमाडौं, कार्तिक २२ गते (शनिबार)राजन थापा मधुमेह (Diabetes) सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ सुरु गरिएको “मधुमेह सचेतना सप्ताह–२०८२” को पहिलो दिन आज तिलगंगा अस्पतालबाट सचेतना र्यालीको औपचारिक सुरुवात गरिएको छ। र्यालीपछि तारकेश्वर नगरपालिका–५, गोलढुंगामा “Eye Screening तथा Diabetes Awareness Programme” सञ्चालन गरिएको थियो। कार्यक्रममा समुदायका बासिन्दा, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रह्यो। […]

