काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा नेकपा एमाले वडाकास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य उषाकिरण तिम्सेनाको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा वडा कमिटीको बैठक सम्पन्न भएको छ ।

मिसन ग्रासरुट अन्तर्गत कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरु ऋषिराम सापकोटा, बिमला आचार्य जिल्ला कमिटी सचिवालय सदस्य बिदुर प्रसाद सापकोटा, जिल्ला सदस्य नवराज बजगाई, नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेल लगायतको आतिथ्यता सम्पन्न भएको थियो । वडा कमिटी अध्यक्ष मैतेसिं तामाङ्को अध्यक्षता र नगर कमिटी सदस्य राजन पराजुलीले कार्यक्रम संचालन गर्नु भएको थियो । बैठकले मिसन ग्रासरुट अन्तर्गत विभिन्न गतिविधिहरु संचालन गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.