काभ्रेपलान्चोक – काभ्रे जिल्ला ट्राफिक प्रहरी यति बेला एक्सनमा आएको छ । काभ्रेको सबै चेकपोस्टमा ट्राफिक प्रहरीले चेकिङ बढाएको छ । ट्राफिक प्रहरी प्रमुख फेरिए सँगै चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले जिल्ला भरमा चल्ने सवारीमा राखिएका प्रेसर हर्न तथा फोकस लाईटहरु निकाल्ने अभियान सुरु गरेको छ ।

जिल्लामा नेतृत्व गरेको एक सातामै सकृय बनेका प्रमुख सुरेश थापाले जिल्ला भरमा ७४ वटा सवारी साधनको प्रेसर हर्न, ८१ वटा झलर र ८८ वटा फोकस लाइट हटाइएको जानकारी दिनुभयो ।

प्रेसर हर्न र आभेर लोड चुनौती भएकाले यसलाई सबै मिलेर समाधान निकाल्न आवश्यक रहेको उहाँले बताउनुभयो । दुर्घटना कम गर्न सबैको प्रयासले मात्रै संम्भव हुने भएकाले काभ्रेली जनताले दुर्घटना कम गराउन भुमिका निर्वाह गर्ने अपेक्षा राखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..