काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाले संचालन गरेको निशुल्क आँखा रोग परिक्षण तथा शल्यक्रिया शिविर आज सम्पन्न भएको छ । फागुन २३ गते बाट संचालन भएको उक्त शिविर आज ३० गते सम्पन्न भएको हो ।
भुम्लु गाउँपालिकामा सञ्चालन भएको निशुल्क आँखा रोग परिक्षण तथा शल्यक्रिया शिविरमा १२६५ जनाको परिक्षण गरिएकोमा ९५ जनाको (मोतिबिन्दु) शल्यक्रिया गर्न सफल भएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंले विशेष सहयोग गरेको छ । जसमा कञ्चनजंगा सभापति शिव अधिकारी, कीर्तिपुर आँखा अस्पतालको डा. शुधा राणा भाट, स्वास्थ्य शाखा प्रमुख र सम्पुर्ण टोल विकास तथा सुधार समिति लगाएत सहयोग गर्नु हुने सम्पुर्ण लाई गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङले विशेष धन्यवाद दिनु भएको थियो ।