दमौली ,३० फागुन – नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य एवं युवा तथा तरुण शाखाका प्रमुख डम्बर अधिकारीलाई तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आउन थालेको छ ।
जिल्ला स्थित कांग्रेसका नेता तथा कार्यकर्ता र युवा तरुणहरुबाट अधिकारीलाई उपनिर्वाचमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आएको हो ।
नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र अधिकारी , प्रेस युनियनका सदस्यहरु विष्णु गौतम र विकास खनाल लगायतले अधिकारीलाई उम्मेदवारी दिन सुझाव दिएका छन् । युवा तरुणहरुको आवाज सडकमा मात्र नभई संसदमा गुञ्जाउनका लागि पनि अधिकारीले उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.