पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा समूहगत आवाज उठिरहँदा केही सिने अभिनेत्री भने पीडितको पक्षमा बोल्न थालेका छन् । रेखा थापा, ऋचा शर्मालागायतका अभिनेत्रीले पीडितको पक्षमा मुख खोलेका हुन् ।
अभिनेत्री थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर...