मोडलिङमा स्थापित नाम हो साक्षी लम्साल । ७ वर्ष अघिबाट साक्षीले मोडलिङ यात्रा सुरु गरेकी हुन् । उनी पछिल्लो समयकी व्यस्त र सफल मोडल हुन् । उनले ८ वर्ष अघि स्काई अर्थ वासिङ मेसिनको बिज्ञापनमा पहिलो पटक ब्यबसायिक मोडलिङ गरेकी थिईन् । त्यसपछि उनलाई एक पछि अर्को गर्दै ब्यबसायिक मोडलको रुपमा प्रस्ताव आयो । साक्षीले त्यसपछि बेला स्कुटर, एलआईसी इन्सुरेन्स, जगदम्बा सिमेन्ट, डिस होम जस्ता विभिन्न ब्यबसायिक उत्पादनमा मोडलिङ गरिसकेकी छिन् । प्रोडक्ट मोडलिङसँगै उनले सोही बेला देखि म्युजिक भिडियोमा पनि मोडलिङ गरिन । चलचित्र स्वर्ग मेरो गाउँ बाट नेपाली चलचित्र उधोगमा आफुलाई नायिकाको रुपमा समेत चिनाउन सफल उनी यतीबेला अर्को नयाँ चलचित्र ‘बाई रोड’को तयारीमा छिन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले मोडल साक्षी लम्सालसँग गरिएको कुराकानी 


अहिले के मा ब्यस्त हुनुहुन्छ ?
यतिबेला नयाँ चलचित्र बाईरोडको अभिनय कार्यशालामा व्यस्त छु । कोशिस क्षत्री र मेरो मुख्य भूमिका रहने यो चलचित्र चाँडै छायाँकनको लागि फ्लोरमा जाँदैछ । त्या बोहेक केही म्युजिक भिडियोको छायाँकनको पनि तयारी गर्दैछु ।

अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गरिसक्नु भयो र भिडियोमा मोडलिङको कमाई कस्ते छ ?
म्युजिक भिडियो मोडलिङ यात्रा मेरो सात वर्ष पुगिसकेको छ । यो अबधीमा पाँच दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छु । यो अवधिमा मैले अभिनेता पल शाह, यसराज गराच, दिक्पाल कार्की जस्ता नायकसँग भिडियोमा मोडलिङ गरिसकेको छु । यस्तै रामकृष्ण ढकालदेखि थुप्रै अग्रज गायकहरुसँग उहाँहरुको म्युजिक भिडियोमा मोडलिङ गरिसकेको छु । उहाँहरुसँग काम गर्दाको अनुभव केही फरक छ । जहाँसम्म पारिश्रमिकको कुरा छ । मोडलिङमा यती पैसा भन्ने फिक्स छैन । राम्रै पारिश्रमिक लिने गरेको छु । मोडलिङको कमाईले सन्तुष्ट छु ।

 गीतको म्युजिक भिडियो मोडलिङ र विभिन्न उत्पादनको विज्ञापनमा गरेको मोडलिङमा पारिश्रमिक कत्तिको अन्तर छ नी ?
त्यो त धेरै अन्तर छ । एउटा म्युजिक भिडियोमा भन्दा पाँच गुना बढी पारिश्रमिक एउटा विज्ञापनको मोडलिङ गर्दा लिने गरेको छु । एउटा उत्पादनमा मोडलिङ गरेपछि सोही प्रकारको अर्को उत्पादनमा मोडलिङ गर्न पाईन्न । सोही कारण पनि कुनै व्यबसायिक बस्तुको मोडलिङमा राम्रो पारिश्रमिक पाईन्छ ।

अहिलेसम्म कतीवटा बिज्ञापनमा काम गरिसक्नु भएको छ ?
हालसम्म स्वदेशी र अन्तराष्ट्रिय गरेर करिब दुई दर्जन विज्ञापनमा काम गरिसकेको छु । रमाईलो प्रसँग के भने, अन्तराष्ट्रिय ब्रान्डको बिज्ञापन निर्माण खर्च हाम्रो नेपाली मध्यम बजेटको चलचित्रको भन्दा बढी हुँदो रहेछ । त्यसैले मल्टिनेशनल ब्रान्डका बिज्ञापनमा काम गर्दा त्यत्तिकै राम्रो पारिश्रमिक प्राप्त हुने गरेको छ ।

मोडलिङमा आफ्नो भविष्य कस्तो देख्नु भएको छ ?
अबस्या राम्रो छ । किनकी अहिले नै म व्यबसायिक मोडलको रुपमा स्थापित भईसकेको छु । म्युजिक भिडियो पनि त्यत्तिकै मात्रामा खेलेको छु । पछिल्लो पुस्तामा मैले मोडलिङमा राम्रो स्थान पाईरहेको छु । त्यसैले यो क्षेत्रमा मेरो भविष्य अझ उज्ज्वल देखेको छु ।

अनि अभिनय र मोडलिङमा मात्रै व्यस्त रहने की घरजम पनि गर्ने लक्ष्य छ ?
अहिलेको अबस्थामा तत्काल घरजम गर्ने कुनै लक्ष्य छैन । मोडलिङ र अभिनयमै व्यस्त छु । अहिले यो क्षेत्रमा करिअर चम्किरहेको बेला विवाह गरेर यो करिअरलाई विश्राम दिने पक्षमा छैन । अझै केही वर्ष अभिनय तथा मोडलिङ क्षेत्रमा निरन्तता दिएपछि बल्ल विवाहको बारेमा सोचौंला ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..