काभ्रेपलान्चोक – रमणीय पहाड झरना हिमालको काख कास्की सिक्लेस गाउँमा जन्मनुभएको गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ सानै उमेर दखि गितहरु सुन्न गाउन मन पराउनु हुन्थो । गीतकार प्रतिमाको बाल्यकाल गाउँमै बित्यो । केहि समय पछि आफ्नो परिवार सहित पोखरामा बसोबास गर्न थाल्नु भयो । पोखरामा लामो समयको बसाइपछि परदेश फ्रान्स लागेको कुरा सुनाउनु भयो । फ्रान्समा रहेपनि उहाँले नेपाली गित संगीतको साथ छोडनु भएन त्यसै अनुरुप बिगत २० वर्ष देखि परदेश फ्रान्समा रहेर पनि नेपाली गित संगीतलाई आत्मसात गर्दै विगत डेढ दशक भन्दा लामो समय देखी गित लेखनका माध्यमले गित संगीत क्षेत्रमा गित लेखन कलालाई निरन्तरता दिंदै आउनु भएको गीतकार तथा समाज सेवी हुन् प्रतिमा गुरुङ । फ्रान्सलाई कर्म भुमि बनाएता पनि उहाँको मन भने नेपाल देश आफ्नो मातृभूमिको कला संस्कृति र गित संगीतमै लागेको बताउनु भयो । आधुनिक गित सिर्जनामा नयाँ पन खोज्दै नेपाली कला संस्कृतीलाई उचाईमा पुर्यानको लागि हरदम हर हमेशा लागी पर्नु भएको छ । ओ मेरी आमा बिस्तारै बिस्तारै तिमि मेरी मायालु तिमि मेरो तिमि छौ र त फुल भन्दा सुन्दर छौ त्यो दिन सम्झ छिन मै हसाउँ छ मन त यो हरामी जय जय जय हनुमान जय बाबा भोले सुर्य नारायण जस्ता धेरै गितहरु चर्चामा छन् । गीतकार प्रतिमा गुरुङका गितलाई जितेन बान्तवा चिरन्जीवी भण्डारी अन्जु पन्त मेलिना राई रचना रिमाल एलिना चौहान सुजाता पाण्डे जस्ता चर्चित गायक गायिकाले आवाज दिइ सकेका छन् । प्रस्तुत नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गीतकार तथा समाजसेवी प्रतिमा गुरुङसँग गरेको कुराकानी 

० आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
उहीँ त होनी परदेशी परियो काम नगरी खान पाइदैन सानो जब छ त्यसमा ब्यस्त छु । फुर्सद भयो कि गीत लेखनमा व्यस्त हुने गरेको छु । फुर्सदको समयमा नयाँ गित संगीत सुन्न मन लाग्छ अनि सुन्ने गरेको छु । नयाँ नयाँ ठाउँमा घुम्न साहित्य किताबहरु पढ्नमा ब्यस्त हुन्छु ।

० गित संगीतको अलावा के गर्नु हुन्छ ?
गित संगीत अलावा काम गर्ने फुर्सदको समयमा प्रकृति प्रेमी परियो नयाँ नयाँ ठाउँ घुम्ने आफ्नो घरको कामहरु गर्ने यस्तै गरी दिनहरु वित्ति रहेका छन् ।

० गित संगितको यात्रामा कसरी लाग्नु भयो ?
सानै देखि गित संगीत सुन्ने गर्थे गित संगीतमा लगाव थियो । पुराना पुराना गित संगीत सुन्दा आनन्दको अनुभूति हुन्थ्यो । आफुले पनि यस्तै गित रचना गरेर स्रोताहरुको माझ ल्याउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो पछि पछि गित संगीतमा अझै झुकाव बढ्न थाल्यो, सोहि अनुरुप गित संगीतमा लागियो ।

० तपाईलाई गित संगीत कस्तो होस जस्तो लाग्छ ?
गितले स्रोताको मन मुटु अन्तस्करणमा बास गर्ने खालको हुनु पर्छ । थोरै स्रोताको मन छोवोस तर यसरी छोवोस कि त्यो गित हर पल याद होस् गित संगीत रमाईलो पनमा होस् या दुख को क्षण मा होस् आनन्द तुल्यावोस ।

० के कलाकारहरु गित संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
सकिन्छ तर क्रियसन गर्ने प्रतिभावान हुनु पर्यो नयाँ नयाँ खोज गर्न सक्ने एक्स्ट्रा चिजहरु स्रोताहरुलाई दिन सक्ने खालको हुनपर्यो अवश्य बाँच्न सकिन्छ । त्यति भएन भने गाह्रो छ ।

० नेपाली गित संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?
विकृती नेपाली गित संगीत क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा छ तर त्यसलाई कसरी सुधारेर राम्रो गित संगीत स्रोताहरुलाई दिने भन्ने कुरा हो । अश्लील शब्द प्रयोग भएर परिवार संग संगै सुन्दा सुन्नै नसकिने खालका गित संगीतलाई सम्बन्धित निकायले खबरदारी गरी एउटा निती नियम बनाएर पालन गरियो भने अवश्य सुधार हुनेछ ।

० कसको प्रेरणाले गित संगीत क्षेत्रमा लाग्नु भयो ?
यसको प्रेरणाले भन्ने नै छैन । मलाई गित लेखनमा प्रेरणा भनेको नै पुराना पुराना कालजयी गितहरु हुन् । जस्तै मुटु माथि ढुंगा राखी, दुइटा फुल देउरालीमा, जहाँ छन् बुद्धका आँखा, पोहोर साल खुशी फाट्दा, यस्तै अन्य थुप्रै पुराना कालजयी गितहरु मेरो प्रेरणको स्रोत बन्यो ।

० यस क्षेत्रमा लाग्नको लागि तपाईलाई घर परिवारबाट कतिको साथ सहयोग मिलेको छ ?
परिवारको साथ भन्नाले त एस्तो हो म गित रचना गर्छु अनि गित संगीत बजारमा दर्शक स्रोतामाझ पुर्याउँछु । राम्रो गरेकी छस राम्रो भन्नुहुन्छ परिवारले त्यही हो मेरा लागि साथ सपोर्ट हो ।

० गित संगीतमा विभिन्न राष्ट्रिय स्तरका म्यूजिक अवार्ड भैरहेका हुन्छन् हजुरले कुन–कुन अवार्ड प्राप्त गर्नु भएको छ ?
मैले गित संगीतमा लागेर पहिलो सगरमाथा म्यूजिक अवार्डमा सर्बोत्कृष्ट महिला गीतकार पब्लिक च्वाईस अवार्ड प्राप्त गरे पछि तेस्रो बोष्टर ईन्टरटेनमेन्ट अवार्डमा सर्बोत्कृष्ट पप गीतकारको हात पार्न सफल भए त्यस पछि पहिलो नेपाल आर्ट कल्चरल एण्ड म्यूजिक अवार्डमा पोपुलर गीतकार अफ द ईयर अवार्ड हात पर्यो त्यस पछि तेस्रो नाटयस्वर म्यूजिक अवार्डमा सर्बोत्कृष्ट आधुनिक गीतकार अवार्ड, दोस्रो ज्योति फिल्मस म्यूजिक अवार्डमा सर्बोत्कृष्ट आधुनिक गीतकार अफ द ईयर अवार्डको साथै नवौँ म्यूजिक खबर म्यूजिक अवार्डमा सर्बोत्कृष्ट आधुनिक गीतकार अवार्ड प्राप्त गरेकी छु भने केहि राष्ट्रियस्तरको सम्मान बाट सम्मानित पनि भएकी छु ।

० यति धेरै अवार्ड पाउनु भएको रहेछ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान कतै पाउनु भएको छ ?
पाएको छु सुरुमा नै मैले ज्योति फिल्मस म्यूजिक अवार्ड २०७६ मा राष्ट्रिय गीतकार तथा समाजसेवीको सम्मान गर्नु भएको थियो भने । नेशनल क्यापिटल अवार्ड २०७७ मा राष्ट्रिय गीतकार तथा समाजसेवी राष्ट्रिय स्रष्टा सम्मान यसको साथै मिक्सडिया फेशन शो २०७८ मा गीतकार तथा समाजसेवी राष्ट्रिय स्रष्टा सम्मान, रिबोन ईन्टरटेनमेन्टको आयोजनामा राष्ट्रिय व्यक्तीत्व तथा स्रष्टा सम्मान २०७८ मा गीतकार तथा समाजसेवी संगीतकर्मी संम्मान आखिर मेरा लागि गीत संगीतमा लागेर मैले कमाएको अमुल्य सम्पत्ति एक श्रष्टाको लागि यो भन्दा ठुलो सम्पत्ति के नै हुन सक्छ र ?

० पछि गएर के गर्न योजना बनाउनु भएको छ ?
गित संगीत मै एउटा नयाँ आयाम ल्याउने योजना छ । हेरौं के कत्तीको गर्न सकिन्छ । यति सम्म गर्न भ्याएको छु । संगीतमा अझ धेरै अजर अमर कालजयी शब्द रचाना गित संगीत सिर्जना गर्न सकु भन्ने चाहाना छ । त्यहि नै मेरो सबै भन्दा ठुलो जीवनको सफलता हुनेछ ।

० तपाई समाजसेवी पनि कसरी समाजसेवा गर्नुहुन्छ ?
मैले म आफैलाई समाजसेवी भनेको होइन पछिल्लो समय कोरोनाको कारण लक डाउनमा मारमा परेका गरिब दुःखि असहायहरुको दुख देख्न नसकेर मैले आफुले खाने खर्च बाट केहि रकम कटौती गरेर बचाएर राखेको रकमबाट खान नपाएका गरिव दुखिहरुलाई रासन पानी दिएर अलिकति मलम लगाउने काम मात्र गरेकी हूँ भने अस्पतालमा बिरामी भएकालाई केहि पैसा सहयोग पनि गरेकी हूँ । त्यो सहायोग मेरो आफ्नो नितान्त ब्यक्तीगत हो । मैले कसै संग मागेर संकलन गरेर गरेको सहयोग होइन र दुखिहरुको एस्तो सहयोग फेरी पनि गर्नु परे आफुले जति सकिन्छ त्यो गर्नमा म पछि हट्दिन आखिर नेपाली हूँ नेपालीलाई दुःख पर्दा त मन रोईहाल्छनी ।

० अन्त्यमा के भन्न चाहानुहुन्छ ?
नेपाली हौँ नेपाली मन नेपाली पन र भावनात्मक दयालु पनि हुनुपर्छ । नेपाली गित संगीतलाई मायाँ गरौँ आफु भन्दा अग्रजलाई सम्मान गरौँ अनुजलाई मायाँ गरौँ नेपाली गित संगीतलाई विश्व बजारीकरण गर्नमा लागि परौं ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..