सानै देखि सामाजिक अभियान्ताकै रुपमा स्थानिय जनताहरुलाई कुनै न कुनै हिसावले सहयोग गर्दै आएका लामा सहयोगी मात्र हैन भिजनकारी र हरेक क्षेत्रम सफल व्यक्तिको रुपमा समेत परिचित छन् । जनताका दुखलाई आफ्नो दुख ठान्ने प्रेम लामाले भूकम्पपछिको अवस्था र कोरोना संक्रमणको समयमा व्यक्तिगत रुपमा मानो देखी घरको छानोसम्म दिएर आम भुम्लु बासीको मन जित्न सफल भैसकेका छन् । कोहि अभावमा बाच्नु नपरोस् कसैलाई दुख नहोस् भन्ने धारण राख्ने उनले कोरोना सक्रमणकालमा भएको लकडाउनका कारण रोजगारी गुमाएका वा दैनिक ज्याला मजदुरी गर्ने सबैलाई ठाउँ ठाउँमा गएर खाद्यान्न समेत बाढेका थिए । जनताको दुखमा ब्यतिगत सहयोग गरेका लामाले भुम्लुको अध्यक्ष बनेर भुम्लुलाई नमुना पालिकाको रुपमा बिस्तार गर्ने योजना सुनाए । पालिकाका आधी भन्दा बढी जनताहरु कृषि उपजमा सम्मेलित छन् । भुम्लु गाउँपालिकामा कृषि तथा पशु–पन्छिको राम्रो सम्भावना पनि भएको हुँदा आफुले किसान र कृषिलाई ध्यानमा राखी काम गर्ने बताए । उनले भने हामीले कृषि र किसानका मुद्दाहरु समेटी थुप्रै योजनहरु ल्यायका छौ र यी योजना पुरा पनि गर्नेछौं । यी योजना पूरा भएको दिन अबश्य यो पालिका पनि सुखी र समृद्ध हुनेछ ।

समाजसेवामा निकै सक्रिय लामा सानै देखि एमालेको राजनीति सँग जोडिएका व्यक्ति हुन् । उनी हाल नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य एवम् भुम्लु गाउँपालिका इन्चार्ज समेत रहेका छन् । हाल गठबन्धन रहेकोले तपाईलाई जित्न गाह्रो हुदैन भन्ने प्रश्नमा उनी भन्छन । जितमा हामीलाई समस्या हैन कसरी धेरै भन्दा धेरै मतले जित्ने अनि जितेपछि भुम्लुका जनताको बिश्वास लाई कसरी जित्ने र त्यो बिश्वासलाई अझै कसरी सम्मान गर्ने भन्ने मात्र चिन्ता रहेको बताउछन् ।
लामाले भने किसानको ठुलो बस्ती समेटिएको पालिकालाई उकास्न आयस्रोतको मुल आधार कृषि नै बनाउनु पर्छ । भुम्लु लाई कृषिमय बनाइ भुम्लु बासीको जिबनस्तर उकास्न कृषकमैत्री योजना लाई नेकपा एमाले भुम्लुले समेटेको छ । बीउ देखि उत्पादन बेच्ने बजार सम्म, ऋण देखि अनुदान सम्म , तालिम देखि पुरस्कार सम्म नेकपा एमाले भुम्लुको लागि कृषि नै आयस्रोतको मुला आधार भएको भन्दै कृषि बिकास तथा बचाउका निम्ति थुप्रै योजना ल्याएको छ । नेकपा एमाले भुम्लु गाउँपालिका लक्ष्य नै सुनकोशीको पानी खेत बारीमा लानी बढाउने जनताको आम्दानी रहेको बताए । पछिल्लो समय युवा प्रति जनतामा देखिएको आकर्षण आफ्नो लागी लाभदायक हुने उनको ठम्माइको छ । भुम्लु जनताले साच्चिकै परिवर्तन खोजेकोले आफुलाई बिजयी बनाएर गाउँमा नै श्रम गाउँमा नै रोजगारीको ब्यवस्थापन कृषि लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । त्यसरी पाएको साथमा आफुले कहिले पनि भुम्लुका जनताको चाहनामा घात नगर्ने उनको प्रतिवद्वता छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

० तपाई अध्यक्ष हुनु भयो भने भुम्लु गाउँपालिकामा के के परिर्वतन ल्याउनु हुन्छ ?
भुम्लुको मुहार फेरिने र सबैले परिवर्तन महसुस गर्न सक्ने एक नमुना गाउँपालिका बनाउने हाम्रो अभियान रहेको छ । भुम्लुको शिक्षामा आमुल परिवर्तन गर्ने योजनाहरुलाई समावेश गरिएको छ । आगामि पाँच वर्षमा जनमुखि शिक्षा, प्राविधिक शिक्षा व्यवाहारिक शिक्षा जस्ता पाटोमा सुधार गर्दै गुणस्तरिय शिक्षामा जोड दिने महत्पुर्ण योजनालाई प्राथमिकताका साथ लागू गर्दै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने र निजि विद्यालयको भन्दा उत्कृष्ट शैक्षिक जनसक्ति उत्पादन गर्ने छौ । साथै पर्यटन विकासमा भुम्लुको धार्मिक स्थलको विकास, जल पर्यटनको विकास जस्ता पक्षलाई ध्यान राखि आन्तरिक तथा वाह्य पर्यटकलाई भित्याउने योजना रहेको छ । युवालाई स्वदेशमै रोजगार भन्ने अवधारणा ल्याई पालिकाले विभिन्न सीप, तालिम, अनुदान तथा औजारहरू हस्तान्तरण गर्ने छौँ । पशुपालन, कृषि तथा नगदेबाली भुम्लु गाउँपालिकाको अर्को सम्भावना हो । यसको लागी बिशेष रुपमा घोषणापत्रमा नै उल्लेख गरिसकेका छौँ । भुम्लु गाउँपालिकामा गोलभेंडा, कुखुरा, बाख्रा लगायतको व्यवसायमा बढ्दो आकर्षण देख्न सकिन्छ यसलाई व्यवस्थित गर्ने छौँ । कृषि फम खोलेर बस्नेहरु लाई बिशेष अनुदान दिदै गाउँपालिका भित्रका मात्र नभएर बाहिरबाट गएर व्यावसायिक रुपमा खेती, पशुपंक्षी तथा जडीबुटी उत्पादन गर्दै आएकाहरु लाई अनुदानको व्यवस्थापन गर्ने छौँ । पालिका भित्र जडीबुटी, कफी, मौरी लगायतको बीउ बीजन उत्पाद गरेर विक्री वितरणको साथै कालीज, कुखुरालगायत उत्पादनमा जोड दिने योजना छ ।
० यो भन्दा पहिला ५ वर्ष अगाडी नी नेकपा एमालेबाट नै यस भुम्लु गाउँपालिकामा नेतृत्व गरी सकेको थियो ? यस अवधिमा कतिको विकासका भए ?
धेरै बिकासको कामहरु भएका छन् । कति कामहरु बाँकी छन् ति पुरा गर्ने फेरी नेकपा एमालेको नेतृत्व आवश्यक छ । सडक नभएका स्थानमा सडक पु¥याइएको छ, सडक पुगेको स्थानमा सडकलाई पक्की र व्यवस्थित बनाइएको छ, घण्टौंसम्म बोकर पानी खानुपर्ने समस्या हटेर एक घर एक धारा अवधारणा ल्याइ घरघरमा खानेपानी पु¥याइएको छ, डोकामा बोकेर शहरका अस्पताल लानुपर्ने समस्या समाधानका लागि प्रत्येक वडामा स्वास्थ्य चौकी र एम्बुलेन्स सेवा उपलब्ध गरिएको छ । परम्परागत खेती किसानीमा गोरुको भरलाई हटाई ट्याक्टर अपनाइएको छ र ट्याक्टर कृषकलाई सहुलियतमा हस्तान्तरण गरिएको छ, जसको कारणले आधुनिक कृषि अपनाउन सहज भएको छ । यस गाउँपालिकामा अरनिको राजमार्ग तथा हालै निर्माणाधिन मध्य पहाडी लोकमार्ग सडक खुलाइएको छ । त्यसैगरी दोलालघाट–सल्ले–चौबास हुँदै चौरीदेउराली गाउँपालिका जोड्ने सडक, दोलालघाट–फँलाटे–कोलाँती–मुलवारी हुँदै चौरीदेउराली जोड्ने अर्को सडक, दोलालघाट–सापिङ–सिम्थली हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणाधिन छ भने पालिका भित्र रहेका सबै वडाको टोलटोलमा बाटो पुगिसकेको छ । गाउँपालिकाको विशेष पहलमा पुरातत्व अन्तर्गत भीमसेनस्थानदेखि गणेश मन्दिरको क्षेत्र विशेष बनाउनका लागि ग्राफ अनुरुपको निर्माण कार्य पनि धमाधम भइरहेको देख्न सकिन्छ । त्यसै गरी शिक्षा स्वास्थ्य लगायत अन्य क्षेत्रमा धेरै कामहरु भएका छन् ।

० यदी तपाई अध्यक्ष पदमा चयन भएर आउनु भयो भने शिक्षा र अन्य प्रविधिक चिजलाई कतिको प्राथमिता दिएर काम गर्नु हुन्छ ?
विद्यार्थीलाई प्रविधिमैत्री र त्यसको प्रयोग गराउन गाउँपालिकाले शिक्षकहरूलाई तालिम दिई अध्ययन अध्यापन, विषयवस्तु÷पाठ्यक्रम हेरफेर गर्ने जस्तो कुराको विशेष अन्तरक्रिया कार्यक्रम राख्ने छु । गाउँपालिकामा पठनपाठनको लागि ४४ वटा समुदायिक शिक्षण संस्था÷विद्यालय छन् भने दुई वटा निजी विद्यालयहरू छन् । सुविधायुक्त शौचालय, धारा, प्रयोगशाला, खेल मैदानको व्यावस्थापन गर्नुको साथै कम्प्युटर ल्याव तथा इन्टरनेटको सुविधासमेत पुयाउने छु । कृषि क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर उत्पादनलाई वृद्धि गर्ने आधुनिक प्रविधिको तालिम व्यवस्था गर्ने छु । अहिले भई रहेका स्वास्थ्य चौकी, अस्पताल, स्थानीय स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रयोगशाला व्यवस्थीत गर्ने छु । विकासलाई तिब्र रुपमा अगाडी बडाउनको लागि नयाँ प्रविधिको प्रयोग हुन अति आवश्यक छ यसको लागी बिशेष रुपमा लाग्ने छु ।

० कोशीवारी र कोशीपारीको भन्ने गरिन्छ नी ?
कोशीवारी कोशीपारी विवाद विषय छदँैछ यो सामान्यतयाः हामीले ल्याएको प्रणाली हो । त्यसैको लागि हामीले रगत बगायौँ, त्यसैको लागि लट्ठीले कुटाई खायौँ, जेल जान पर्ने अवस्था आयो । दोलालघाट हुदैँ वगेको सुनकोशी नदीमा हामी यताको बस्ती उतालाई पारी भन्छौ भने उताको बस्तीकाले यतालाई वारी भन्छन् । यसमा वारी पारी छुट्याएकै छैन । यस सुनकोशी नदीले भुम्लुका १० नै वडाहरुमा वारीपारी भन्ने कुरा छुट्याएको छैन । झन यस नदीले भौगोलिक बनावटसँग जोडेको छ र यो नदीको प्राकृतिक स्रोतले भुम्लुको विकासको लागि झन मदत गरेको छ । –नव क्षितिज साप्ताहिकबाट