काभ्रेपलाञ्चोक – बजारमा गीत संगीत एक पछि अर्को गरी आइरहेका छन् । कतिपय गीतहरुले बजार तताएको पाइन्छ भने कतिपय गीतहरु ठिकै मात्रमा चलेका छन् । नयाँ नयाँ गीत बजारमा आउने क्रममा कलाकारहरु पनि नयाँ नयाँ आएका छन् । कतिपय कलाकारहरु धेरै चलेका छन् भने कतिपय कलाकारहरु रहरे कलाकार बनेका छन् । धादिङ जिल्लामा जन्मनु भएको उत्सव सुब्बा लामा पछिल्लो समयको एक युवा गायक हुन् । उनले गाउँ घरमा हुदाँ निकै रमाइलोका साथ बाल्यकाल बिताएको कुरा हामी लाई सुनाए ।निकै राम्रो स्वर भएका गायक लामा आज भोलि गीत संगीतमा निकै ब्यस्त देखिन्छन् । पहिले देखि नै गीत गाउने गायक उत्सवले धेरै गीत बजारमा सार्वजानिक गरिसकेका छन् । गिदौरे (गायक) उपनाम पाएका उनले गीत संगीतमा केही गर्ने सोचले आएको बताएका छन् । दियौ मनमा चोट, पापि मन, धादिङ गजुरी लगायतको उनको गीत बजारमा आएका छन् । गायक उत्सब (सुब्बा) लामाले हाल सम्म लोक दोहोरी, सेलो, आधुनिक, पप, मेन्हेन्दोमाय जस्ता विभिन्न क्षेत्रको गरि २५ भन्दा बढि संगीतमा शब्द संगीत भरेको बताए । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गायक उत्सब (सुब्बा) लामासँग गरेको कुराकानी

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
गीत संगित संगै आफ्नै सानो तिनो व्यवसाय र भर्खरै मात्र बजारमा एउटा लभ सँग सम्वन्धित गीत बजारमा ल्याएको छु । यसको प्रमोसनमा ब्यस्त छु ।

० गित संगितको यात्रामा कसरी सुरु भयो ?
सानोमा चौतारी कार्यक्रम रोधी कार्यक्रमहरु सुनिन्थो रेडियो भित्र पसेर कसरी गाको होला मैले पनि गाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो २०५५ सालतिर काठमाडौ आएसी साँगितिक क्षेत्रका हस्तिहरुसित भेट भयो र २०५७ साल देखि मेरो संगितको यात्रा सुरु भयो ।

 

० तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
बजारमा धेरै नकारात्मक सन्देश दिने खालको गीतहरु पनि आएका छन् तर गीत अलि कति मौलिकता होस सरल होस सबैले सुन्ने खालको होस । जस्तो लाग्छ मलाई । नराम्रो गीत लाई दर्शकले नै नसुन्ने हो भने त्यसै कम हुदैँ जन्छ ।

 

० गीत संगीत लाई आम्दानीको श्रोत बनाउन सकिन्छ ?
आम्दानीको कुरा के गरम कतिले बनाको छ भने कतिले बनाउन सकेको छैन हात मुख जोडनु पर्यो त्यसैले आम्दानी अर्को श्रोत हुनु पर्छ ।

० के कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
धेरै कलाकार साथीहरू यसैबाट आफ्नो जिवनयापन चलाई रहेका छ्न । राम्रो स्तरमा संगीतिक यात्रा तय गर्न सकियो भने यस बाट जिविकोपार्जन गर्न कठिन छैन ।

० नेपाली गीत संगीतमा धैरै नकारात्मक कुराहरु पनि आएका छन् यसलाई कसरी लिनु हुन्छ ?
गीत संगीतमा मात्र हैन जुन सुकै क्षेत्रमा पनि नकारात्मक र सकारात्मक पक्ष हुन्छन् तर गीत संगीत मिडियाको नजीक र मिडियाले नै अगाडि ल्याउने भएकोले गर्दा यसमा नकारात्मक वा सकारात्मक कुराहरु छिटो देखिन्छ । तर गीत संगीतहरुमा सकारात्मक कुराहरुलाई बढी स्थान दिन पर्छ जस्तो लाग्छ ।

० लाईभ दोहोरीमा आएको नकारात्मक शब्द संगितले हाम्रो समाजलाई कस्तो सन्देश दिन्छ ?
हामी कलाकार मात्रै नभएर समाजको ऐना पनि हौँ । हामीले गर्ने नकारात्मक क्रियाकलापले समाजमा नकारात्मक सन्देश जान्छ र कलाकारलाई हेर्ने दृष्टि फरक हुन्छ । त्यसैले म भन्छु सस्तो चर्चाको लागि नकारात्मक सन्देश जानी शब्दहरु प्रयोग नगरिदिनु होला भन्न चाहान्छु ।

० कसको प्रेरणाले गीत संगीत क्षेत्रमा लाग्नु भयो ?
मलाई जन्न दिने आमा पनि धेरै गीत संगीत मन पराउने र गाउने गर्नु हुन्थ्यो । आमा कै सिको सिकेर गीत संगीतमा लेगेको छु । त्यसैले सबै दर्शक आमा र साथिभाई नै मेरो गीत संगीतको प्रेरणाको स्रोत हो ।

० पछि गएर के गर्न योजना बनाउनु भएको छ ?
योजना त क्षितिजको जुन छुने छ । हेरौ कहाँ पुगिन्छ । पछि पनि यहिँ गीत संगीत लाई नै निरन्तरता दिदैं जाने योजना बनाएको छु ।

० तपाईंको सबै भन्दा चर्चामा रहेको गीत कुन हो ?
मलाई गायक भनेर चिनाएको गीतहरु (रनन रन्किने, हेलम्बु बजार, धादिङ गजुरी, रातो साडी, रातो पछेउरा रगाउँछ मेरो दिल आदि हुन धेरै गीत संगीत बजार छन तर धेरै दर्शकले मन पराइ दिनु भएका र चलेका गीतहरु यी नै हुन् ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम मेरो केहि छोटा मिठा कुराहरु राख्ने स्थान दिनु भएकोमा तपाई लगायत तपाईंको मिडियालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । आगामी दिनहरुमा पनि मेरो सिर्जनाहरुलाई माया गर्दै मेरो गायिका पनलाई के कस्तो लाग्छ त्यस्तै कमेन्ट गरि सल्लाह सुझाव दिइ गीत संगीतलाई माया गर्दिनु होला भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..