काभ्रेपलाञ्चोक – पछिल्लो समयमा गित संगित बजारमा आउने क्रम जारी छ । दिन प्रतिदिन नयाँ नयाँ गित बजारमा आउने गरेको पाइन्छ । आएका गितहरु सवै चल्छन् भन्ने पनि छैन । कतिपय गितहरुले निकै बजार ततायको पाइन्छ । कुनै गितहरुले लगानी समेत उठाउदैन्न । नयाँ नयाँ कलाकारहरु बजारमा धेरै देखीने गरेका छन् । कति निकै चलेका छन् भने कतिपय कलाकार बन्ने नाउमा यस क्षेत्रमा आएका छन् । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ५ मा जन्मनु भएको गायक शैलाप वाइबा बुबा प्रेम बहादुर तामाङ र आमा फुल माया तामाङको कोख बाट जन्म लिएर नेपाली गीत संगीत क्षेत्रमा निरन्तर अगाडी बढीरहनु भएको छ ।
पहिलो एल्बम डाडैमा देविथान बिमा कुमारी र सुर्य कुमारीको साथमा त्यस पछि क्रमश रुमाल हल्लाउदै गेटमा फुलमाला, राइफल छोडिदेउ, निम्तो सुपारी, हुलाकी दाइ, आर्मी पल्टनमा, माया नम्बरी, डबल हेलमेट, छड्के सलामी लगायत दर्जन भन्दा बढी एल्बम निकालेको बताउनु भयो ।
तामाङ समुदयमा चल्ने अत्यन्तै लोकप्रीय भाका म्हेन्दोमाया गीत संगीतमा बादसाह मानिने शैलाप वाइबाले तिन सय भन्दा बढी तामाङ गित संगीतमा शब्द तथा संगीत भरेको बताउनु भयो । प्रस्तुत छ नव क्षितिज सापताहिको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

 

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
आफ्नै दैनिकि पारिवारिक कार्य र हल्का फुल्का यहि गीत संगीतमै ब्यस्त छु ।

० गीत संगीतको अलावा के गर्नु हुन्छ ?
गीत संगीत बाहेक खासै केही छैन । बेला बेलामा प्रोग्राम तिर ब्यस्त हुने गरेको छु ।

० गित संगितको यात्रा कसरी सुरु भयो ?
सानै देखिको रहर हा । अनि पछि पेशागत हुन पुग्यो हर काम गर्दा खुसी खासै मिलेन तर यो गीत संगीत बाट भने खुसी मिल्यो । यहि लाइनमा आफ्नो काय क्षेत्र बनाए र दैनिकि यसैमा बिताउन थाल ।

० तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
दर्शकले हरेक प्रकारका गीत संगीत सुन्ने गरेको पाइन्छ । तर कोही गीत धेरै सुन्छन् भने कुनै गीतहरु कम सुन्ने गरेको पाइन्छ । मैले जति गीत गाउछु बनाउछु त्यो गीत सुन्दा राम्रो होस र सबैको गीत संगीत दर्शकको रोजाइमा होस भन्न चाहन्छु । गीत संगीत सदाबहार होस जस्तो लाग्छ ।

० गीत संगीत लाई आम्दानीको श्रोत बनाउन सकिन्छ ?
आम्दानीको कुरा के गरम कतिले बनाको छ भने कतिले बनाउन सकेको छैन हात मुख जोडनु पर्यो त्यसैले आम्दानी हुनु पर्छ नै ।

० के कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
बाँच्न सकिन्छ, तर नेपालमा सबै कलाकारहरु कलाकारिता क्षेत्र बाटै हात मुख जोडेको जस्तो लाग्दैन तपाईलाई ।

० नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?
हरेक क्षेत्रमा विकृती हुन्छ यो क्षेत्रमा झन धेरै छ । सके सम्म समाजमा नपचने खालको गीत संगीत नगरेको राम्रो तर हाम्रो कलाकार साथीहरुको लाईभ दोहोरी तिर र म्युजिक भिडियोको एल्बम तिरको शब्दहरु यस्तै हुन्छ । कसले के गर्न र तर दर्शकहरुले नै यस्ता गीतहरु लाई बहिष्कार गर्नु पर्छ ।

० विशेष लाईभ दोहोरीमा आएको नकारात्मक शब्द संगीतले हाम्रो समाजलाई कस्तो सन्देश दिन्छ ?
कतिपय त समय सान्दर्भिक हुन्छन् त्यो राम्रो हो भने कतिपय मनोरञ्जनको लागि मात्र प्रयोग भएको शब्दहरु देखिन्छ त्यो अलि नकारात्मक सन्देश पनि जान सक्छ । कलाकारले शब्द छनोटमा ध्यान दिनु पर्छ ।

० कसको प्रेरणाले गीत संगीत क्षेत्रमा लाग्नु भयो ?
बिमा कुमारी दिदी ज्युको गीत रेडियो नेपालमा धेरै सुन्थे मेरो आवाज पनि यसरी कहिले सुन्ने होला भन्ने पिर लाग्थ्यो र थोरै रहर केही सपना थियो यहीँ सिलसिलामा गीत संगीतमा होमिन पुगे ।

० यस क्षेत्रमा लाग्नको लागी तपाई लाई घर परिवार बाट कतिको साथ सहयोग मिलेको छ ?
घर परिवार बाट खासै साथ सहयोग छैन । कहिले कहीँ दुख पनि लाग्छ कतै म गलत बाटो हिडेको त छैन भनेर अनि फेरी ति पुराना चलेका कलाकारहरु लाई सम्झन्छु र अगि बढने गरेको छु ।

० तपाईंको सबै भन्दा चर्चामा रहेको गीत कुन हो ? कुन गीत बाट तपाईं गायक हो भनेर चिनिन सफल हुनु भयो?
दोहोरी गीत थियो । अन्तिम तिर गेटमा फुलमाला भन्ने गीतले मलाई शैलाप वाइबा भनेर चिन्न सहयोग गर्यो ।

० अन्त्यमा के भन्न चाहानु हुन्छ ?
तामाङ समुदयमा चल्ने सेलो र म्हेन्दोमाया गीत संगीतले मलाई एउटा पहिचान मिलेको छ । मलाई माया गर्ने सम्पुर्ण गीत संगीत प्रेमी दर्शकहरुलाई धन्यवाद यसरी नै माया गरि दिनु होला सधै भरी धन्यवाद ।

 

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.