काभ्रेपलाञ्चोक, मोफसलको विकट गाउँ ताप्लेजुङमा जन्मिएर पनि चलचित्र क्षेत्रमा कर्मभुमी बनाउदैं नेपाली चलचित्रहरुमा खलनायकको भुमीकामा निकै ब्यस्त बनेका छन गंगा कुवँर । लामो समय सरकारी सेवामा रहेर सेवा गरेका कुवँर पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा कलाकारिताको क्षेत्रमा सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको बताउछन । आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेको बताउदै उनले भने ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले कलाकारितालाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएको ’ बताउछन ।

मेरो दिल छ पोखरामा , रिभेन्ज , एल हाउस , प्याकुली , के माया लाग्छ र ? , आरम्भ , चुडिएको चप्पल , यो मेरो दिल , फेक फ्रेण्ड , के यो माया हो , पसले लगायतका चलचित्रमा खलनायकको भुमीकामा उनलाई देख्न सकिन्छ । आफनो बाल्यकालको सपना पुरा गर्नको लागी सरकारी सेवाबाट अवकास पछि चलचित्रमा लागेको बताउछन । उनै कलाकार सँग नव क्षितिज साप्ताहिकको लागी अरविन्द्र गौतमले गर्नु भएको कुराकानी

तपाईको कलाकारिता यात्रा कस्तो भैरहेको छ ?
कलाकारिता यात्रामा सक्रिय रुपमा लागी परेको छु । कलाकारिताको क्षेत्रमा केही योग्दान पुयाउने किसिमका नयाँ काम गर्दै अगाडि बढी रहेको छु । नयाँ कर्ममै आफुलाई सक्रिय बनाइरहेको छु । कलाकारिता क्षेत्रको माध्यमबाट केही नविनतम साथै भावी पिडिलाई आफनो कर्मको पथलाई अगाडी बढाएको छु । आफुले जानेको भोगेको विषयमा केही गरौ भन्ने अभिप्रायले यसमा सक्रिय रुपमा रहेको छु ।

त्यस्ता तीन वटा काम जुन गर्दा आफुलाई खुशीको महसुस हुन्छ ?
अभिनय ,सामाजिक सेवा र साथी भाईहरु सगँ नयाँ नयाँ ठाउँ घुम्न पाउँदा असाध्यै खुशी लाग्छ । अभिनय बाट मनमा सन्तुष्टि मिल्छ भने सामाजिक सेवाबाट समाज प्रतिको दायित्व र साथीभाई सुँगको घुमाइबाट समाज बुझने र परिवेश बुझने मौका हो जस्तो लाग्छ ।

तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?
नेपाली कलाकारितालाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा नेपाली कलाकारिताको क्षेत्र साथै मोडलिङलाई अगाडि बढाएर अगाडि बढेको खण्डमा नेपाली कलाकारले पनि फरक किसिमले अगाडि जाने थियो की ? हामीले कलाकारिता क्षेत्रमा जिवन्त आभाष दिने किसिमको सिर्जनालाई अगाडि बढाएको खण्डमा कला क्षेत्रमा अझ ब्यापक रुपमा अगाडि बढाउन सकिन्थियो जस्तो लाग्छ । हामी चलचित्र कर्मीले नेपाली परिवेश र भुगोल अनुरुपको मौलिक पनमा आधारित रहेर सिर्जना बाहिर ल्याउनु पर्छ ।

नव कलाकार एवम अग्रज हरुमा चै कस्ता कुरामा ज्ञान हुनुपर्छ जस्तो लाग्छ ?
नेपाली मौलिक पनको आभाष दिने किसिमको कलाकारहरुले आफनो सिर्जना प्रस्तुत गर्नुपर्छ । दिगो र दिर्धकालिन सोचको साथ कलाकारितामा आएको खण्डमा कलाकारतालाई स्वच्छ र परिकृत ढंगबाट अगाडि बढाउन सकिन्छ ।

तपाइले कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
बाल्यकाल देखी नै कलाकारीता प्रति मोह भएकाले सरकारी सेवाको अवकाश पछि आफनो जिवनको केही सपना पुरा गरौ भन्ने सोचका साथ कलाकारितामा लागे । सरकारी सेवामा रहदा पनी मलाई नेपालको कलाकारितालाई आफुले सकेको केही गर्नु पर्छ जस्तो लाग्यो । जिवनमा कलाकारिता प्रतिको मोह र स्नेहको कारणले यस क्षेत्रमा आएको हुँ । शंकर अधिकारी , हिराकाजी थापा , किशोर खतिवडा , राजन महर्जन , राजु अर्याल , भिम लामा लगायतका सिनेकर्मीको साथबाट यस क्षेत्रमा प्रवेश गरेको हुँ ।

तपाईले अभिनयमा गरेका सर्वाधिक दर्शकको मनमा बस्न सफल चलचित्र कुन कुन हुन ?
मेरो दिल छ पोखरामा , रिभेन्ज , एल हाउस , प्याकुली , के माया लाग्छ र ? , आरम्भ , चुडिएको चप्पल , यो मेरो दिल , फेक फ्रेण्ड जुन आम दर्शक तथा श्रोताले सर्वाधिक मन पराउनुभएको छ । कलाकारिता क्षेत्रको यात्राको दोडानमा केही नविनतम किसिमको सिर्जना पस्कन सफल भएको छु ।

आगामी समयमा तपाईको कलाकारिता प्रति योजना के रहेको छ
आगामी समयमा चलचित्रको क्षेत्रमा फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा रहेको छु । जसको लागी मैले बर्तमान समयमा विभिन्न तयारीहरु गरिरहेको छु । कलाको माध्यमबाट थप प्रभावकारी काम गर्ने र फरक धारबाट अगाडि बढने योजना रहेको छ । विभिन्न गीत संगीतमा पनी अभिनय गर्दै कलाकारितमा नै जिवन्त केही योगदान पुयाउने लक्ष्य रहेको छ ।

नयाँ पुस्ताका कलाकार कस्ता छन् ?
बढी उग्र भएका छन्, यसरी लामो यात्रामा टिक्दैनन् । केही समयमात्र गीत चलेर हुँदैन, सेलिब्रेटीलाई पत्याउने जनताले हो । त्यसरी पत्याउने गरी आएका एकदमै कम छन् । नेपाली भिडियो निर्देशनको पाटोमा नव निर्देशकको अभाव रहेको छ ।सङख्यात्मक भन्दा पनी गुणात्मक रुपमा भिडियो स्तररिय रुपमा निमार्ण गर्नु जरुरी रहेको छ । हामीले भिडियो निमार्ण गर्दा एकै किसिमको भन्दा पनी भिडियोमा कलाकार एवम सिर्जनालाई फरक तरिकाले प्रस्तुत गर्नुपर्छ जसमा मौलिकता र सिर्जनसिलताको आभास गर्न सकियोस ।

नयाँ पुस्तालाई के भन्नुहुन्छ त ?
आजको लागि मात्रमात्र होइन, दीर्घकालीन सोचेर काम गर्नुपर्छ । सिर्जनसिल भएर आफनो कर्ममा अगाडि बढनको लागी अनुरोध गर्दछु , अरूको मात्र कपी नगरौं । गीत मन पराउन भाषा बुझ्नु पर्दैन, प्रस्तुतीकरण र कला–संस्कृति पस्कन सक्नुपर्छ । समाजमा गीत–संगीतले विकृति फैलाउने होइन, सन्देश दिनुपर्छ । उत्प्रेरणा दिनुपर्छ । जसको लागि आफ्नो धारलाई नछोडौँ, अध्ययन गरौँ । सम्मान लिने मात्र हैन, दिन पनि सक्नुपर्छ । सम्मान दिएपछि मात्र सम्मान पाइन्छ । मौलिक पनलाई प्रस्तुत गर्न सकिने हुनुपर्छ ।

तपाईंको स्वभावचाहिँ कस्तो छ ?
नेपाली सिने कलाकारिताको क्षेत्रमा लागेको छु । यसमा मौलिकतामा ध्यान दिन्छु । मैले अभिनय शुरुबाट सुरु गरे । चलचित्रमा नेपालीपन खोज्छु । चलचित्रमा केही न केही परक पन प्रत्येक चलचित्रमा ल्याउने गरेको छु । अभिनय सिक्नका लागि विदेशी चलचित्र हेर्छु , सहकर्मीहरुको क्रियसनलाई नजिक बाट हेर्छु । सामाजिक रूपमा अप्ठ्यारो र अन्याय परेका मानिसलाई सहयोग गर्ने स्वभाव छ । कलाकारिमा विशेष प्रकारको सिर्जना पस्किनको लागी निरन्तर कर्मशिल भएर लागी पर्छु ।

पछिल्लो समय कलाकारहरू पनि राजनीतिमा छन् । तपाईंको के छ विचार ?
मेरो मान्यता के छ भने राजनीति त्यही व्यक्तिले गर्नुपर्छ, जसले जीवनको पहिलो खुड्किलामै राजनीति गर्छु भनेर हिँडेको छ । राम्रो काम गरिरहेका छैनन्, जनता निराश छन्, त्यो अर्कै कुरा भयो । राष्ट्र निर्माणका लागि सबै राजनीतिमा लाग्नुपर्छ भन्ने छैन । यदि आज राजनीति गर्नेहरूले सुचारु हिसाबले राजनीतिलाई अघि बढाएको भए कला क्षेत्रमा काम गर्नेले कलालाई अघि बढाउँथ्यो, बिजनेशले त्यही क्षेत्रबारे सोच्थ्यो, अन्य सबै क्षेत्रकाले त्यसैगरी आ–आफ्नो क्षेत्रलाई अर्को उचाइमा पु¥याउन भूमिका खेल्थे । यसरी नै त हो देश विकास हुने । अरू क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्ति राजनीतिमा लागोस् भन्न थालियो भने त्यही क्षेत्रको अवस्थाचाहिँ के हुन्छ नि ? त्यतातिर पनि सोच्नुपर्छ । हामीकहाँ जसले राजनीति सम्हाल्नुपर्ने हो, उहाँहरूले राम्रोसँग सम्हाल्न सक्नुभएको छैन । त्यसैले जनताले अर्कै क्षेत्रमा राम्रो गर्ने व्यक्ति राजनीतिमा आइदिए त्यस्तै राम्रो हुन्थ्यो कि भनेर शुभेच्छा प्रकट गरिरहेको हो । मलाई राजनीतिमा चासो छ तर यसैमा लाग्ने सोच छैन । यति हो, म उदार लोकतान्त्रिक व्यक्ति हो । मेरो क्षेत्रले पनि त्यही माग गर्छ । उदार लोकतान्त्रिक नभइकन सिर्जना हुन्छ भन्ने लाग्दैन ।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
नेपाली कलाकारितमा गरिरहेको छु । हजुरहरुकै मायाले म टिकेको छु नेपाली मौलिक सिर्जनाहरुलाई सदैव माया गरिदिनुहोला साथ सपोर्ट, सल्लाह सुझाव पनि दिनु होला । मेरो अभियन तथा निर्देशनमा रहेका गीत संगीतहरुलाई माया गरिदिनु होला यही भन्न चाहन्छु ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..