एमसीसी उपाध्यक्ष फतिमा जे सुमारले भनिन, सम्झौता पारित हुन ढिलो भइसक्यो

|| आइतबार, भाद्र २७, २०७८
एमसीसी उपाध्यक्ष फतिमा जे सुमारले भनिन, सम्झौता पारित हुन ढिलो भइसक्यो
काभ्रेपलान्चोक – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् ।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् ।

उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् । उपाध्यक्ष सुमारले अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुने आशा पनि ब्यक्त गरिन् ।एमसीसी सम्झौता पारितका लागि पहल गर्न सुमार गत विहीबार काठमाडौं आएकी थिइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मन्त्रीहरु जनार्दन शर्मा, पम्फा भुसाल लगायतसँग भेट गरेकी थिइन् । नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणसँग सम्बन्धित ५० मिलियन अमेरिकी डलर राशीको अनुदानका लागि अमेरिकासँग एमसीसी सम्झौता भएको थियो । तर उक्त सम्झौता संसदबाट पारित नहुँदा काम सुरु हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up