काभ्रेपलान्चोक – दशैंका लागि आन्तरिक उडानको हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन २६ दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ ।

दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ ।

भाडा दरमा नेपाल सरकारले तोकेको नियम अनुसार चल्ने र चाडपर्वको समयमा यात्रु एकतर्फीमात्र हुने हुँदा केही तलमाथि पर्न सक्ने वायुसेवा कम्पनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..