काभ्रेपलान्चोक – पछिल्लो समय सामाजिक सञ्जालको धेरै नै प्रयोग हुने गरेको छ । सामाजिक सञ्जाल मध्य पनि सबैभन्दा धेरै प्रयोग हुने टिकटक हो । पछिल्लो समय टिकटकमा स्वर संगीत र शब्द भाइरल भइ सबै दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन् दिनेश श्रेष्ठ । नुवाकोट जिल्लामा जन्मनु भएको गायक श्रेष्ठको माग आजभोलि निकै बढेको छ ।
श्रेष्ठ को “भनेकै थिए मेरै भइ बसम अब तिम्रो बाल छैन मा कसम” शब्द र स्वरको गीतले सामाजिक सञ्जाल फेसबुक देखि (टिकटक) लगायतका सबैमा भाइरल नै भएको छ । यस गितमा चर्चित चर्चित कलाकार र टिकटक स्टारहरले पनि आफ्नो अभिनय गरेका छन् । यस्तो सबैको अभिनय देख्दा गायक श्रेष्ठ धेरै खुशी देखिन्छन् र भन्छन् म दर्शकले चाहेको जस्तो गायक बन्न खोज्दै छु र सिर्जनाहरु सार्वजनिक गर्ने क्रममा छु ।

यो चर्चा संगै श्रेष्ठले हालसालै लोक भजन पनि सार्वजनिक गरेका छन् । यो लोक भजन पनि टिकटकमा धेरैले मन पराई सक्नु भएको छ । यी लगायत गायक श्रेष्ठको धेरै गित यति बेला चर्चामा छन् । उनै गायकसँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको कुराकानी 

 

० आज भोलि निकै व्यस्त हुन्छ नि ?
आज भोलि म व्यस्त भन्दा पनि गीत संगीत तिर नै केहि गरौं,केहि गर्न सकिन्छ कि हाम्रो कला संस्कृतिलाई बचाउनको लागि भनेर लागिरहेको छु । आम दर्शक श्रोता प्रति मैले केहि योगदान दिन सक्छु कि भनेर लागि परेको छु ।

० तपाईंले सिर्जना गर्नु भएको गितहरुले निकै चर्चा कमाए नि ?
चर्चा कमाउन त धेरै बाँकी छ जस्तो लाग्छ । पछिल्लो समयमा आफुले सिर्जना गरेको गीत र गायको गीत हरेक व्यक्तिको सामाजिक सञ्जालमा गुन्जिएको देख्दा साँच्चिकै खुसी लाग्छ ।

० कस्तो अवस्थामा गितहरुको सिर्जना गर्नुहुन्छ जुन गितहरु आज भोलि निकै चर्चामा छन् ?
कुन अवस्थामा भन्दा पनि गीत संगीतमा नै लागि सके पछि एउटा यस्तो समय हुन्छ जुन हामि शब्द शब्दमा हराएर गीतको मेलोडीमा रहेर गीतको शब्द कोर्ने र भावनामा नै रहेर गाउने गर्दछु।

० तपाईंले पछिल्लो समय गाउनु भएको गित कुन हो ?
मैले पछिल्लो समयमा धेरै गित गाएको छु । धेरै सिर्जना पनि गरे कति गीत बजारमा आए र कति गीत आउने तयारीमा छन् । मैले गायको, सिर्जना गरेको गित लाई आम दर्शकले मन पराई दिनु भएको छ । टिकटक तिर पनि धेरैले माया गर्दिनु भएको छ । पछिल्लो समय उल्लुलु गितले निकै चर्चा कमायो । यो गीत मेरो आफ्नै युटुब बाट सार्वजनिक गरेको छु र लाखौं दर्शकको माया पाएको छु । मलाई मन पर्ने गीत पनि पछिल्लो समयको यहीँ नै हो।

० तपाईले गायको गितहरु मध्य तपाईंलाई चाहिँ कुन गित राम्रो लाग्छ ?
आफुले गायका गीतहरु त सबै मन परिहाल्छ नै तै पनि मलाई यो गीत नै मन पर्छ भन्ने छैन । बजारमा सार्वजनिक भएका मेरा गीतहरु आम दर्शकले सबै भन्दा बढि कुन गीत गुन्जाउनु हुन्छ र माया गर्दिनु हुन्छ मलाई त्यहिँ गीत बढि मन पर्छ ।

० पछिल्लो समय एका एक चर्चामा आउनुको खास कारण ?
एका एक चर्चामा आउने खास कारण त त्यसो केहि छैन तर मेरो हरेक सिर्जना दर्शकको माग र रुचि भित्र भएर नै माया पाएको छु ।

० तपाईंले अरुको सिर्जना चोरेको बेला बेला अरोप लाग्ने गर्छ नि यसलाई कसरी लिनु भएको छ ?
गीत चोरिको कुरा भन्नु पर्दा कसैले कसैको सिर्जना जान जान कपि गर्दैन शब्द कोर्दै जाँदा र शब्दमा संगीत भर्दै जाँदा समंयोगले मिल्न जाने हो। यस्तो अवस्थामा चाहिँ कलाकार साथिहरुले बिभिन्न मिडिया तिर गएर गीत कपि गर्यो भन्ने कुरालाई चाहिँ बिरोध गर्छु म ।किन भने कुनै गीत चले पछि मात्र कपि भयो भन्नू हुन्छ । त्यसैले संयोग बस यस्तो हुन गयो भने दुई पक्षको कलाकार साथीहरु बसेर आपसि समझदारी गर्यो भने गीत संगीतमा धेरै काम गर्न सकिन्छ।

० तपाईंले सिर्जना गरेको र गायका गित मध्य धेरै दर्शक श्रोतको मन मनमा बस्न सफल गित कुन हो ?
मैले गाएको वा मेरो सहकार्य रहेको बजारमा आएका गीत संगीतहरु त सबै जस्तो नै दर्सकहरुले माया गर्दिनु भएको छ तर धेरै र सबैको घर आँगनमा बज्ने एल्बम भने उल्लुलु, गैरि पिपल, लगायत धेरै छन्।

० अब कुन गित बजारमा लिएर आउने तयारीमा हुनुहुन्छ ?
समय अनुसारको टिमिकल गीत “चक–चके“ बोलको गीत सार्वजनिक गर्ने तयारीमा छु।

० तपाईंको गितहरु चर्चामा आए पनि स्टेज प्रोग्रामहरुमा खासै तपाईं लाई देखिदैन नि ? किन ?
हो किन भने आज भोलि स्टेज प्रोग्रामहरु संञ्चालन गर्ने कार्यक्रम प्रोडक्सनको जसले ज्यू ज्यू गर्छ उसले स्थान पाउँछ म यस्तो कुनृ पनि आयोजकलाई गर्दिन र यस्ता प्रोग्रामहरुमा कमै मात्रामा देखिन्छु । दर्सकहरुको माया र आग्रहले कुनै कुनैमा गहिरहेको हुन्छु तर म अरुले जसरी बढाइ चढाई गरेर फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा म फोटो पोस्ट गर्दिन । तै पनि मेरा सृजनाहरुलाई दर्सकहरुले माया गरिरहनु भएको छ। म यसै मा खुसि छु।

० लाइभ दोहोरीमा कतिको बिजि हुनुहुन्छ ?
लाईभ दोहोरीहरुमा बिजि भन्दा पनि कुनै साथी र दोहोरी संञ्चालकले बोलाएर आउनु पर्यो भनेर आग्रह गर्नु भयो भने हल्का बिजि हुन्छ ।

० गीत संगीत लाई कस्तो बनाउने योजना गर्नु भएको छ ?
गीत संगीतलाई यस्तै बनाउँछु भन्ने त छैन तर गाऊँ घर र समुदायलाई समेटेर आफ्नो सेरोफेरोमा रहेर दर्सकहरुको माग अनुसार आफ्नो सिर्जना लाई समय अनुसार सार्वजनिक गर्न छु ।


म पनि छु कलाकारिताको दुनियामा मेरो गितहरु पनि चर्चामा छन । खुरापाती गर्ने सोच हटाउन अनुरोध गर्छु। साथै तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । सम्पुर्ण दर्शक श्रोताहरु लाई अझै धेरै माया र साथ दिनुहुन अनुरोध गर्छु ।
ध्चष्तभ तय म्ष्लभकज द्यजबलमबचष्

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..