दक्षिण एशियाका १५ शहरमा धुलिखेल ; अशोक ब्याञ्जु प्रमुख, उम्मेदवार धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक
– पाँच वर्ष प्रमुख भएर काम गरिसक्नु भएको छ, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउनु भएको छ, फेरी किन तपाईको उम्मेदवारी ?
हामी जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गरेका छौं र अब फेरी पनि हामी सेवक हुनेछौं । सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्ने, हाम्रो नगर सुशासनको नमूना नगर बनाउन, यस अघि रोकिएको भ्रष्टाचार नियन्त्रण गतिविधिलाई अब पनि कडाईका साथ नियन्त्रण गराउन, पाँ...