भक्तपुर/मदरल्याण्ड स्कुलले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई अभिमुखिकरण गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल सुर्यविनायक वडा नं ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको विद्यार्थी अभिमुखीकरण एवं एसईई बधाई कार्यक्रम होटल भ्यू भक्तपुरमा सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यमा सम्मन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापाले विद्यार्थीहरुले नै भविष्यमा नेतृत्व विकास गरी आफ्नै ठाउँ र देशमा रहेर कार्य गर्नु पर्ने बताए । त्यस्तै सुर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता वडा ७ का अध्यक्ष रविन्द्र सापकोटा, महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरिक्षक राज कुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मनोविज्ञ तथा उत्प्रेरक विकास देव योन्जन तामाङले सकारात्मक सोच, विद्यार्थीहरुले लिनु पर्ने जीवनको लक्ष्य र असल मार्ग सम्बन्धि अभिमुखीकरण गरेका थिए भने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक लोक बहादुर जिसीले विद्यार्थी जीवनमा जानेर वा अन्जानमा हुन सक्ने साइवर क्राइम र लागु पदार्थ दुर्व्यसनी सम्बन्धि सचेतता प्रदान गरेका थिए ।
विद्यालयका संचालक/प्रिन्सिपल एवं नेशनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले विद्यार्थीहरुलाई समयानुकूल यस्ता प्रकारका अभिमुखीकरण कार्यक्रमले थप उर्जा मिल्ने र संस्कार सहित शिक्षा ग्रहणका लागि सहज हुने बताउँदै अहिलेको समयमा अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको संगत कस्तो छ, उनीहरुले मोवाइलमा के-कस्ता क्रियाकलाप गर्छन् र विदाको दिनमा घरभन्दा बाहिर जान्छन् कि जाँदैनन् ? जान्छन् भने कस्ता साथी छन्? आदि लगाएतका कुराहरुमा विचार पुराउनु पर्ने बताए । खड्काले अभिभावकहरुलाई आफ्नो क्षमता अनुसारको स्कुल छनौट गर्न, स्कुल परिवर्तन गर्दैमा बच्चाहरुले पढ्छन् भन्ने भ्रममा नपर्न अाग्रह गरे । मन्टेश्वरी नाम हुदैमा सबै राम्रा हुन्छन् भन्ने पनि हुन्न, मन्टेश्वरीहरु सहि तरिकाले चलेका छन् या छैनन् ? दर्ता भएका छन् छैनन् ? हेरेर बुझेर मात्र आफ्नो बालबालिकालाई भर्ना गराउँनु पर्ने कुरा समेत अध्यक्ष खड्काले उल्लेख गर्नु गरे ।
विद्यालय संचालक एवं व्यवस्थापक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा निरन्तर सेवा पुराउँदै आएका मदरल्याण्ड स्कुलका विव्यस सदस्य, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.कृष्ण प्रसाद ग्वाछा र विद्यालयका शुभेच्छक, कानुनी क्षेत्रमा योगदान पुराउँदै आएका वरिष्ठ अधिवक्ता डा. प्रभाकर खनाल दुवैले विद्यावारिधि गरेकोमा उत्तरोत्तर प्रगतिको शुभेच्छा सहित बधाई पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सूर्यविनायक ९ स्थित हाेटल भ्यु भक्तपुरमा सम्पन्न कार्यक्रममा विद्यालयबाट २०७८ माध्यमिक शिक्षा परीक्षा (एसइइ) उतीर्ण गरेका विद्यार्थीहरुलाई बधाई अनि सम्मान गरिएको थियोे ।
कार्यक्रममा मदरल्याण्ड स्कुलमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई अभिमुखिकरण गरेको हाे । १३० जना विद्यार्थीहरुका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम-२०७९ र २०७८ मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीहरुलाई प्रमुख अतिथि बासुदेव थापाले मायाको चिनो प्रदान गरी बधाई ज्ञापन गरेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल सुर्यविनायक वडा नं ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको विद्यार्थी अभिमुखीकरण गर्दै अाएकाे छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..