काभ्रेपलान्चोक – काठमाडौंको पर्यटकिय छेत्र ठमेल स्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा परेको छ ।युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी फेरि पनि नोमिनेशनमा परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको थियो ।

डिजे म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्दछ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।

क्ल्बका निर्देशक भुपेन शमशेर कुँवरले यसले क्लब र रात्रीकालिन ब्याबसायलाइ प्रोत्साहन हुने बताए । ´क्लबका कारण पनि नेपालको नाम विश्वसामु फैलाउन हामी सफल भएका छौं । यसपटक पनि बिश्वको राम्रो स्तरमा पर्न सक्ने गरी काम गरिरहेका छौं,’ निर्देशक कुँवरले जानकारी दिए । रात्रीकालिन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई क्लबले झनै आकर्षण गर्न सक्ने निर्देशक कुँवरले बताए ।

क्लबका सन्चालक कुँवर सफल युवा व्याबसायी हुन । कुँवर काभ्रे जिल्ला भुम्लु गाउँपालिका ४ का स्थायी बासिन्दा हुन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..