काभ्रेपलाञ्चोक – सुर्यमाया दनुवार हाल पाँचखाल नगरपालिका वडा नंं १२ जरेटार तथा साविक देवभूमि बालुवा गा.वि.स.वडा नंं ९ मा २०३६ सालमा बुबा मान बहादुर दनुवार तथा माता कान्छी दनुवारको कोखबाट जन्मनु भएको हो । प्रारम्भिक शिक्षा साविक खरेलथोक गा.सि.स. को गंगादेवि प्रावि बाट कखरा शुरु गर्दै निमावि शिक्षा आजाद मावि बालुवा बाट लिदै १० जोड २ को शिक्षा सर्वमंगला मा.वि. मा गर्दै उच्च शिक्षा रत्न राज्य लक्ष्मि क्याम्पस प्रर्दंशनि मार्गमा अध्ययन गरेको बताउनु भयो ।

बिद्यालय जिवनमा निमावि अध्ययन गर्दै गर्दा समेत सामाजिक क्षेत्रको रुचि रहेको अनुभव जुनिएर रेडक्रस सोसाईटि हुदै नेपाल कम्युनिष्ट पार्टि एमालेको प्रा.क बाट राजनिति शुरु गरेको स्मरण गदै राजनितिमा आएको एक असल र सामाजिक रुपमा चिर परिचित नाम हो सुर्यमाया दनुवार । विगत लामो समयदेखि विभिन्न सामाजिक काममा अनवरत रुपमा लागीरहेको र सामाजिक रुपमा रुपान्तरणमा चिर परिचित नाम हो सुर्यमाया दनुवार गैरसरकारी सस्था महासंघ जिल्ला शाखा सदस्य हुदै महासंघ मध्यमाञ्चल प्रदेशको कोषध्यक्ष समेत रहेर काम गरि सक्नु भएको लामो अनुभव छ सामाजिक क्षेत्रमा ।

पछिल्लो समयमा सञ्चारमा लगाव रहिरहेको काभ्रे लगायत आसपासकै जिल्लाको पहिलो सामुदायिक रेडियामा सस्थापक सञ्चालक समिति तथा कार्य समिति सदस्य बाट सञ्चार क्षेत्रमा २०६३ मा प्रबेश गर्नु भएको सुर्यमाया दनुवार जुगल एसोसिएसन नेपाल द्धारा सञ्चालित रेडियो नमोबुद्ध एफ एम १०६.७ मेगाहर्जको कार्यसमिति उपाध्यक्ष समेत रहनु भएको थियो । सुर्र्यमाया दनुवार पत्रकार महासंघ बागमती प्रदेश पार्शद सदस्य समेत हुनुहुन्थ्यो । सञ्चार जगतमा काभ्रे जिल्लाको चिर परिचित नाम रहदै गर्दा समय श्रब्य दृष्य सञ्चार ईण्डिजिनिएस टेलिभिजनको सञ्चालक समिति सदस्य समेत हुनुहुन्थ्यो ।

 

 

२०७४ को संघिय तथा प्रदेश निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट अति सिमान्तकृत समुदायबाट समानुपातिक उम्मेदवारको बन्द सुचिमा रहेको सुर्यमायाले यस पटक स्थानिय निर्वाचन लक्षित गरेर समानुपातिक निर्वाचनको बन्द सुचिबाट १५ दिन अगावै नामावली निकालि निर्वाचनमा प्रत्यक्ष पांचखालको नागरीक संग एकाकार भएर लागीरहनु भएको थियो । सामाजिक कामको लामो अनुभव, संगठनको अनुभव, तथा जनताको भावना समेत मन मनबाट बुझिरहेको सञ्चार जगतमा समेत प्रत्यक्ष निरन्तर लागीरहेको सुर्यमाया जस्तो उम्मेदवार र जनप्रतिनिधि पांचखालले पाउनु बास्तबमै पांचखालको सम्बृद्धिको एक महत्वपुर्ण पाटो हो ।

राजनितिक जिम्मेवारी पछिल्लो समय सुर्र्यमाया दनुवार नेपाल कम्नुनिष्ट पार्टि एमाले जिल्ला कमिटि सचिवालय सदस्य सहित पांचखाल नगर सह–ईन्चार्जको रुपमा जिम्मेवारी लिईरहनु भएको छ । सुर्यमाया दनुवार पांचखाल नगरको आम किसानको भविष्य बनाउने अवसर समेत उहालाई आएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले पाँचखाल नगरपालिकाको उप–प्रमुख सुर्यमाया दनुवारसँग गरेको कुराकानी ।

 

० निर्वाचित हुदाको त्यो क्षणलाई कसरी सम्झनु हुन्छ ?
निर्वाचन हुदाको त्यो क्षणलाई म एक दम सौहार्द पुर्ण रुपमा लिन्छु । किन भने निर्वाचनमा होमीरहदा ममा कुनै किसिमको डर त्रास, वा हतास मनस्थिती थिएन । कारण म मेरो प्रतिस्पर्धीलाई जित्न सक्छू भन्नेमा पुर्ण बिश्वस्त थिए । बिगत २० औं बर्ष देखि पांचखाल नगरपालिकाको १३ वटै वडामा समुदाय स्तरको सामाजिक काम गरिरहेको र समुदायको सुख दुखमा भिजेको थिए । चुनावी माहोलमा उम्मेदवारी पाउनूू भन्दा अगाडी देखिनै आम नागरीकको अपार माया र आर्शिवाद पाएको थिए । हाम्रो पांचखालबासी र भूगोलको आवश्यता सहित समग्र पांचखालको समस्या पहिचान गरेको थिए । सोही अनुरुप काम गर्छू भन्ने मननमा ढृड बिस्वास र अठोट पनि लिएको थिए । त्यसैले आगामी ५ वर्ष पांचखालबासीहरुको सेवा गर्ने अवसर पांचखालका आम नागरीकले दिनुहुन्छ भन्नेमा पुर्ण विस्वास लिएको थिए ।

० पांचखालको समग्र बिकासको अवस्था कस्तो छ ?
पांचखालको समग्र विकासको अवस्था नियाल्ने हो भने भौतिक पुर्वाधारमा शिक्षा र स्वास्थ सस्थाहरुको अवस्था राम्रो छ । सडक सञ्जाल सबै वडाको टोल बस्तीमा पुगिसकेको छ भने स्तर उन्नतीको काम धेरै बाकि छन । कृषि र पशुपालन व्यवसाय हेर्ने हो भने पांचखालको उत्पादन काठमाडौंको लागी मात्रै २५ प्रतिशत निकासी हुन्छ । कृषि र पशु जन्य उत्पादन निर्यात व्यवस्थित गर्न सकिएको खण्डमा आर्थिक रुपमा समृद्ध नगरवासी बनाउन र स्वरोजगार सिर्जना गर्न कठिन छैन । नया र ग्रामिण शहरोन्मुख नगरपालिका भएको हुनाले बजार व्यवस्थापन, फोहोर ब्यवस्थापन तथा आवास क्षेत्रलाई अहिल्यै देखि ब्यबस्थित गराउदै लाुनुपर्ने देखिन्छ । आधारभूत स्वास्थ सेवाको पहुच सहज रुपमा पुगेको छ । पांचखाल नगर कृषि शहर भन्ने नारालाई सफल बनाउन सिंचाईको व्यवस्थापनमा काम गर्न पर्ने देखिन्छ । यस कार्यको लागी संघ सरकार तथा प्रदेश सरकारको समेत सहयोगको अपेक्षा राख्दछौ । खानेपानी तथा सरसफाई तर्फ विभिन्न श्रोत बाट ९० प्रतिशत घर घरमा एक घर एक घारा मिटर जडान गरी सञ्चालनमा आइरहेको छ । सार्वजनिक स्थल बाहेक हरेक घर घरमा शौचालको व्यवस्था राम्रो छ । सार्वजनिक स्थलमा खुल्ला दिशा पिसाव मुक्त क्षेत्र बनाउन सार्बजनिक शौचालय बनेका छन् तर यो पर्याप्त भने छैन । फोहोर व्यवस्थापनमा नया अभ्यासको रुपमा सडने गल्ने फोहोर , सिसाजन्य फोहर, प्लाष्टिक जन्य फोहोर र पलाम जन्य फोहोर डम्पिगं साईटमानै छानेर उचित व्यवस्थापन गरीदै आएका छौं । यो कार्य नियमति गर्ने र उचित ल्याण्ड फिल्डसाईट बनाउने समेत कार्ययोजना रहेको छ ।

० पांचखाल नगरपालिकालाई काभ्रेको नै नमुना पालिका बनाउने योजना छ कि छैन ? छ भने ती के के हुन ?
छ नि किन नहुनु ! पाँचखालका सबै नागरीकलाई आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक र भैगोली रुपमा सम्बृद्ध बनाउने योजना रहेको छ ।
पंचखाललाई कृषि र शैक्षिक हवको रुपमा विकास गर्ने । ह्रित महिला औधोगिक ग्राम बनाउने जसबाट ५००० महिला उद्यमिहरु संलग्न रहने छन । स्थानिय तहमा उत्पादन हुने कृषि उपजहरुको व्यवस्थित बजारीकरण गर्ने । लधु उद्यमीहरुको विकास र प्रबद्र्धन गर्दै कोशेलिघरहरु स्थापना गर्ने र व्यवस्थित किसिमले सञ्चालन गर्दै स्वरोजगार स्थापना गर्ने । धार्मिक सास्कृतिक सम्पदा सम्रक्षण, सम्बद्र्धन र प्रर्बदन गर्दै आन्तरिक तथा बाहय पर्यतकको आगमनलाई बिस्तार गर्ने । जेष्ट नागरीक, बिपन्न नागरिक, महिला, बालबालिका र अशक्तलाई स्वास्थ सेवामा उच्च प्रथमिकताका साथ सेवामा पहुच बृद्धि गर्ने । काठमाडौं सहित जिल्लाको बैकल्पिक शहरको रुपमा बिकास गर्ने ।

 

० शिक्षा, स्वास्थ र खानेपानीको अवस्था कस्तो छ ?
शिक्षा स्वास्थ र खानेपानीको अवस्था समग्रमा सन्तोष जनक छ । आधारभूत स्वास्थ र शिक्षाको पहुच सबैमा पुगेकाब छ । विभिन्न स्थानबाट भुमिगत खानेपानी तथा मुहानबाट अहिले ३५ वटा वितरण केन्द्रबाट ९० प्रतिशत घरमा मिटर जडीत धाराको पानी वितरण व्यवस्था रहेको छ । आगामी दिनमा लक्ष्य अनुसार कार्य भएमा चैत्र भित्रमा सुनकोशी खानेपानी आयोजना सम्पन्न भएमा स्वच्छ खानेपानी वितरण व्यवस्था पर्याप्त हुने छ । शैक्षिक अवस्था हेर्ने हो भने समग्र शिक्षामा खटनुहुने शिक्षा शाखा अन्र्तगतका कार्यहरु र अभिभावक, विद्यालय परिवार सहित विद्यार्थिको लगनशिलताको आधारमा नेपाल भर मापन गरीएको सामुदायिक बिद्यालयको स्तर मापनमा २०० मध्येमा पांचखालको मात्रै १० विद्यालय गुण स्तरीय शिक्षण सस्थामा दर्ज हुन सफल भएको छ । यो स्तरबृद्धि गरी सामुदायिक विद्यालयमा विद्यार्थिको आकर्षर्ण समेत बढाउने नगरको लक्ष्यमा सबैको साथ र सहयोग पाएमा सफलता मिल्नेमा हामी ढुक्क छौं ।पांचखाल नगरपालिकाको स्वास्थ कार्यालय र कार्यरत स्वास्थकर्मिहरुको लगनशिलताको कारण नगरपालिकाबासीको स्वास्थमा सहज पहुच पुगेको छ । पांचखाल नगरपालिकाको नितिगत व्यवस्था अनुसार स्वास्थ उपचारमा गरिव घरपरिवारको लागी रु १० हजार सहयोग दिने, गर्बवती तथा सुत्केरी ,बृद्धबृद्धा तथा अपाङ्घता भएका ब्यक्तिहरुलाई निशुल्क एम्बुलेन्स सेवा र खाली अक्सिजन सिलिण्डर उपलब्ध गराउने , बिभिन्न प्रकारका स्वास्थ्य सिबिर निशुल्क संचालन गर्ने कार्य अगाडी बडीरहेका छन् ।

० पांचखाल नगरपालिकामा भनेको समयमा काम हुदैन भन्ने जनताको आरोप छ नि यसमा के भन्न चाहानु हुन्छ ?
पांचखाल नगरपालिकाले छिटो, छरिटो ,सहज र सरल रुपमा नागरीकको कार्य सम्पादन होस भनेर हरेक वडा कार्यालय र नगरपालिका कार्यालयमा नागरिक वडापत्र समेत राखेका छौं । नागरिक वडा पत्र अनुसार कुनै पनि कार्य सम्पादन नागरीकको नभएको भन्ने गुनासो सुन्न परेको छैन । नागरीक वडा पत्र अनुसार कागजात नपुगेको अवस्थामा पनि कर्मचारी साथिहरुले समन्वय गरी आवश्यक समन्वय र सहजीकरण गरेर कार्य गरीरहेको पाएका छौं ।

 

० पांचखाल नगरलाई कृषि नगरपालिका पनि भन्ने गरिन्छ ? कृषि क्षेत्रमा भएको बजारीकरणको समस्या समाधानको लागी पांचखालको योजना के छ ?
धेरै राम्रो र समय सान्र्दभिक प्रश्न  बजार व्यवस्थापनको समस्या समाधानको लागी लबग्रिन नेपाल संग समन्वय गरेर कृषि बजार व्यवस्थापन अनुसन्धान भैरहेको छ । बजार व्यवस्थापन अभावकै कारण किसानहरु ठगीमा नपरुन भन्नका लागी बजार व्यवस्थापनको एउटा व्यवस्थित संयन्त्र बनाएर लैजाने योजना रहेको छ । बजार व्यवस्थापनको व्यवस्थित संयन्त्र निमार्ण गर्न सकियो भने अझ प्रभावकारी रुपमा किसानको उत्पादनको बिक्रीबितरण प्रक्रिया संचालन हुुने र उचित मुल्य प्राप्त हुने कृषि स्वरोजगारको लागी युवाको आकर्षण बढने छ भन्नेमा बिस्वास लिएका छौं ।

 

० आर्थिक वर्ष २०७९–०८० को कृषि क्षेत्रको बजेटको अवस्था कस्तो छ र कायान्वयनको अवस्था कस्तो छ ?
समग्रमा कृषिमा बजेट बिनियोजन प्रकृया हेर्ने हो भने राम्रो छ । खेति प्रबद्र्धनको लागी सिंचाईका लागी र रोग किरा नियन्त्रण तथा प्राविधिक सहयोगका लागी कृषि यन्त्र उपकरण वितरण सहित कृषि उत्पादन सहज बजार बजारीकरण गर्न कृषि सडक स्तरोन्तती र साना साना सिंचाई बाध कुलो निमार्ण लागी बजेट बिनियोजन भएको छ । कृषि सडक तथा कृषि सडक स्तरोन्ती बजटलाई कृषि बजेटमा गनणना गर्ने अभ्यास कम छ । यस प्रकारको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । हरेक उत्पादन निकासी गर्न तथा कृषि उत्पादन कच्चा सामग्री आयात गर्न सडक सञ्जालको समेत महत्वपसुर्ण भुमिका रहेको हुन्छ । बाह्रे महिना चल्ने कृषि सडक हुने हो भने अझ पांचखालमा कृषिमा लगानी गर्ने युवाको आगामी दिनमा आकर्षण बढने पक्का छ ।

 

० अन्तमा ?
समग्रमा पांचखाको सम्बृद्धि र बिकासको लागी पांचखालका आम नागरीकको भावना सहित सम्बृद्ध पांचखाल कसरी बनाउने भन्ने अभिप्रायले पांचखाल नगरपालिकाको पेरिफेरिमा रहेर पांचखालको बस्तुस्थिती प्रकाश पार्ने अवसरको लागी यस सञ्चार गृह तथा प्रकाशन गृहलाई विशेष धन्यबाद दिन चाहन्छु ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..