भकुण्डेवेशी –  तामाङ समुदायको सास्कृतिक पर्व सोनाम ल्होछार नमोबुद्धमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नयाँ बर्षको रुपमा मनाइने ल्होछार ( ह्युइ ल्हो– बिरालो वर्ग) यो बर्ष वडा नं ७ स्थित रजबम पोखरी गुम्वा परिसरमा विभिन्न कार्यक्रमका साथ मनाइएको हो ।
लामा सेवा समिती रजवम पोखरी, सोनाम ल्होछार मुल समारोह समितीले विभिन्न सास्कृतिक प्रस्तुती सहित गरेको कार्यक्रममा हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला), बिनोद वल लगायत स्थानीय प्रतिभाले प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए । कार्यक्रममा धामी नाच सहितको झाकी प्रस्तुत गरिएको  थियो । सो स्थानमा रहेको अष्टमंगल स्तुपा निर्माणमा सहयोग गर्ने मोहनसिं लामा, उत्तरध्वज लामा, दोमनसिं लामा, डम्बरसिं लामा, ठगराज घिमिरे, हरिबहादुर बल लामा, टासी लामा, केदारप्रसाद आचार्यलगायत चन्दादातालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कुनसाङ लामाले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षणको लागि नगरले बजेट र कार्यक्रम तय गरेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख रत्नबहादुर लामा, एमालेका नगर अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हरि तिमल्सिना, नगर अध्यक्ष मिन्डु लामा, वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, वडा नम्वर ७ का अध्यक्ष धर्मसिं लामा, स्थानिय उद्धव  हुमागाई, मित्रप्रसाद खनाल, उत्तरध्वज लामा, लामा सेवा समितीका सभापति मोहनसिं लामालगायतले सास्कृतिक बिबिधताबारे चर्चा गरेका  थिए ।
ल्होछारको अवसरमा नमोबुद्ध नगरपालिकाले माघ ९ गते सार्वजनिक विदा दिएको छ । नगरप्रमुख कुनसाङ लामाले सम्पूर्ण नगरवासी, देशवासी र विदेशमा रहेका नेपाली समेतमा शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाईचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व फलदायी हुने विश्वास व्यक्त गरेका छन् । विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेकोमा त्यसको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको भन्दै नगर प्रमुख लामाले यस्ता पर्वले शान्ति, समृद्धी र एकताको लागि प्रेरणा प्रदान गरून् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..