बनेपा- प्रदेश स्तरीय भलिवल प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको छ ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा हुने प्रतियोगितामा काभ्रेबाट सहभागी हुने खेलाडीलाई सोमबार विशेष कार्यक्रम गरेर बिदाई गरिएको हो ।

जिल्ला अध्यक्ष नवराज मानन्धरको नेतृत्वमा काभ्रेका खेलाडी तथा अफिसियलको बिदाई गरिएको हो । नेकपा एमालेका नेता कुमार थापाले खेलाडी तथा प्रशिक्षक र कोचको बिदाई गरे ।

यहीँ माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रे बाट खेलाडीहरु लाई बिदाइ तथा शुभकामना कार्यक्रममा युवा व्यवसायी रविन्द्र बैदारले ट्राक सुट र बनेपाकै नाइटिङेल एकेडेमीले जर्सी सौजन्य गरेको थियो ।

काभ्रेका खेलाडीको उच्च मनोवल पु¥याउने हिसाबले सो सामाग्री हस्तान्तरण गरेको मानन्धरले बताए ।   

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..