हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न,
विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारित...