काभ्रेपलान्चोक – श्री सम्बृद्धि बचत तथा ऋण सहकारी संस्था लि बनेपा –५ काभ्रेको १५औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष साधुराम दाहालको अध्यक्षता र बनेपा वडा नं ५ का वडाअध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ।

सभाले चालु आर्थिक वर्ष २०७९/ ८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।


बिहान ११ बजेबाट शुरु भएको १२ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष साधुराम दाहालले गरेका हुन भने बनेपा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष बलराम अधिकारी प्रमुख आतिथ्य हुनुहुन्थ्यो । साधारणसभाको बनेपा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष बलराम अधिकारीले उद्घाटन गर्नु भएको थियो ।

संस्थाका कोषाध्यक्ष गणेशप्रसाद दाहालको सञ्चालन र उपाध्यक्ष रेवती प्रसाद दाहालले स्वागत गरेको कार्यक्रममा सचिव पुष्पराज कोर्करालाले प्रगती प्रतिवेदन, कोषाध्यक्ष गणेशप्रसाद दाहालले आर्थिक प्रतिबेदन र लेखा संयोजक श्यामकुमार दाहालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा संस्थामा उत्कृष्ष्ट बचतकर्ताहरु कल्पना घोरासैनी र सरिता थापा, एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थी सुमग्ना सापकोटा, प्लस टुमा उत्कृष्ट अंक ल्याउने विधार्थी आशिष दाहाल, शारिरिक अशक्त कुशल दाहाल, निरुता दंगाल, मनिषा तिमल्सिना र सरिता पराजुलीलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षक हित साकोसका अध्यक्ष श्याम प्रसाद पाण्डे, जिल्ला बचत संघका संचालक सदस्य विनोद सापकोटा, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, नव क्षितिज साप्ताहिकका सह–सम्पादक अरविन्द गौतमलगायतको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..