मन्त्री चन्द्र लामालाई गृहनगरमा भव्य सम्मान
भकुण्डेबेशी– बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा भव्य सम्मान गरिएको छ ।
काभ्रे क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा हुन् । आज आइतबार नमोबुद्ध नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री लामालाई सम्मान गरेको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी ...