काभ्रेपलान्चोक – नेकपा एमालेले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले मंसिर ७ गते काठमाण्डौमा हुने कार्यक्रमको तयारी बैठक सम्पन्न गरेको छ ।

आज आइतबार बनेपा स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको तयारी बैठक बसेको हो । बैठकले जिल्लाको १३ वटै पालिकाबाट माईती घरमा हुने कार्यक्रममा युवा लैजाने निर्णय गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल काभ्रेको अध्यक्ष इश्वरबल्लव सापकोटाको अनुसार बृहत रुपामा र्याली गर्दै युवाहरुको उत्कृष्ट सहभागिता जनाउने बताएका छन् । उक्त कार्यक्रममा ५ सय वटा मोटरसाईकल र्याली काभ्रेबाट लैजाने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई प्रशासन प्रमुख फुल्चोकी नर्सिङ क्याम्पस