कसैको नजर नपुगेको ठाउँमा ॐ समाज डेन्टलद्वारा भुलभुलेमा चारदिने नि:शुल्क दन्त स्वास्थ्य शिविर
लमजुङ, राजन थापा २०८२ असार १७ – “सडकदेखि सदनसम्म, सहरदेखि पहाडसम्म” भन्ने मूल नाराका साथ, ॐ समाज डेन्टलको आयोजनामा मस्र्याङ्दी गाउँपालिका–५, भुलभुले स्वास्थ्य चौकीमा चारदिने नि:शुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
२०८२ सालको असार १४ देखि १७ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरमा गाउँका टाढाटाढाबाट आएका सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। दुर्गम क्षेत्रमा मौ...