बनेपामा रहेकाे विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलमा भि.एस. किड्स,ट्यालेन्ट हन्ट, डिस्गाइज र देउसी भैलाे कार्यक्रम २०८० सम्पन्न भएकाे छ ।

हिजाे र अाज दुई दिन गरि उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । भि.एस किड्समा कक्षा १ देखि ४ सम्मका गरि जम्मा ३२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

जसअन्तर्गत केटाहरूबाट सुयाेग पाैडेल थर्ड रनरप, रिदम जङ्ग थापा सेकेण्ड रनरप,श्लाेक कटेल फर्स्ट रनरप र सतिस दाहाल विजयी हुन सफल भएका थिए भने केटीहरूबाट जिमी तामाङ थर्ड रनरप,देलिसा लामा सेकेण्ड रनरप,संवृद्धि दाहाल फर्स्ट रनरप र सायना बादे विजेता हुन सफल भएकी थिइन् ।त्यस्तै ट्यालेन्ट हन्टमा दिलासा थापा चाैँथाे,कृजन पाैडेल तेस्राे, विकिशा लामा दाेस्राे,र प्रनिशा चाैलागाईँ प्रथम हुन सफल भएका थिए।

यसै गरी डिस्गाइज प्रतियाेगितामा भने क्रमश: विवेश यादव चाैँथाे, सफलता महत तेस्राे, अादित्य कार्की दाेस्राे र प्रकृति मानन्धर प्रथम हुन सफल भएका थिए ।अाफ्नाे संस्कृतिकाे महत्तव बुझेर संस्कृतिलाई जाेगाउनुपर्छ भन्ने उद्देश्यका साथ सम्पन्न भएकाे देउसी भैलाे कार्यक्रममा निलाे सदन चाैँथाे,पहेँलाे सदन तेस्राे, राताे सदन दाेस्राे र हरियाे सदन प्रथम हुन सफल भएका थिए । बालबालिकाहरूकाे चाैतर्फी विकास गर्नकाे लागि उक्त कार्यक्रमहरूकाे अायाेजना गरिएकाे इ.सि.ए इन्चार्ज नरेन्द्र प्रधानले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..