रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीहरुबीच भएको मैत्रीपूणर् फूटबल प्रतियोगितामा प्रहरीको टिम विजयी भएका छन । शुक्रबार रोशी गाउँपालिका-५ पोटाखोला दोभानको खेलमैदानमा भएको खेलमा २-१ गोलले प्रहरी विजयी भएका हुन ।
शुभदिपावली, छठ तथा नेपाल संवतको अवसरमा आयोजित प्रतियोगितामा प्रहरीले २ गोल गरी विजयी भएका छन भने कर्मचारी टिमले १ गोल गरि पराजित भएका छन । ६० मिनेटको खेलमा १-१ गोललले बराबरी भएपछि ७ मिनेट अतिरिक्त समय थप गरेको थियो । सो अतिरिक्त समयमा प्रहरीले एक गोल थप गरि विजयी भएका हुन ।
विजयी प्रहरीको टिमलाइ जिल्ला समन्वय समिति काभ्रेका उप-प्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरीक्षक पञ्चलाल गोले, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, रोशी-७ का वडाध्यक्ष अशोक गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वाध्यक्ष तथा प्रेस यिनियनका पूर्व उपाध्यक्ष इश्वरी ओझा लगायतले बधाइ ज्ञापन गरेका छन भने पराजित टिमलाइ सन्त्वना प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..