बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु
  मण्डनदेपुर नगरपालिकाको वडा नम्बर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु भएको छ । दुबै तालिमको आज नगर प्रमुख टोक बहादुर वाईबाले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो । तालिम उदघाटन गर्दै नगरप्रमुख वाईबाले शिक्षासंगै सीप पनि अपरिहार्य रहेको बताउनुभयो । ‘पढाईको तहबृद्धि संगसंगै सीप भयो भने जीवन आत्मनिर्भर बन्न निकै ठूलो सहयोग पुग्छ । सीपले विपद्को बेला अझ बढी सहजता प्रदान गरेको हाम...

बेथानचोक गाउँपालिकाको वडा नं. ४ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बेथानचोक गाउँपालिकाको वडा नं. ४ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
चलाल गणेशस्थान - काभ्रेको बेथानचोक गाउँपालिकाको ४ नं. वडा “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको छ । बुधबार चलाल गणेशस्थानमा आयोजित घोषणासभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको उद्घोष गर्नुभयो । अध्यक्ष अधिकारीद्वारा जारी घोषणा पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ४ नं. वडा कार्याल...

धुलिखेल-४ का निवर्तमान वडाअध्यक्ष कर्माचार्यद्धारा कांग्रेस परित्याग

धुलिखेल-४ का निवर्तमान वडाअध्यक्ष कर्माचार्यद्धारा कांग्रेस परित्याग
काभ्रे । लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशील रहेका रबिन्द्र कर्माचार्यले नेपाली कांग्रेस परित्याग गरेका छन् । सामाजिक सेवामा लगाव रहेका सामाजिक व्यक्तित्वको रुपमा परिचित २०३६ सालबाट कांग्रेसको भातृ संगठनको सदस्य हुँदै २०४३ सालमा कांग्रेसको क्रियाशील सदस्य प्राप्त गर्न सफल धुलिखेल नगरपालिका वडा नं. ४ का निवर्तमान वडाअध्यक्ष रविन्द्र कर्माचार्यले नेपाली कांग्रेस परित्यागेका हुन् । २०७४ क...

केही सहकारीहरुमा समस्या आएकै हो : मदन बस्नेत प्रमुख कार्यकारी अधिकृत सामुदायिक साकोस काभ्रे

केही सहकारीहरुमा समस्या आएकै हो : मदन बस्नेत प्रमुख कार्यकारी अधिकृत सामुदायिक साकोस काभ्रे
पनौती नगरपालिका वडा नं. ६ मा जन्मनु भएको मदन बस्नेत काभ्रे जिल्लाको सहकारी क्षेत्रमा चर्चित नाम हो भन्दा फरक नपर्ला । बस्नेत अहिले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । २०५८ साल बाट यस संस्थामा कामको सुरुवात गरेको बताउनु भयो । पछि बिस्तारै कार्य परिवर्तन हुँदा लेखा सहायक, कार्यालय सहायक, ऋण सहायक हुँदै ऋण अधिकृतको पदमा कार्य गर्दै २०७२ भाद्र १६ गतेदेखि संस्थ...

बेथानचोक गाउँपालिकाको वडा नं. ३ लाई तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बेथानचोक गाउँपालिकाको वडा नं. ३ लाई तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
बेथानचोक गाउँपालिकाको वडा नं. ३ लाई सोमबार एक कार्यक्रम बीच “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ ।” बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा जारी घोषणा पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ३ मार्फत मिति २०८० जेष्ठ १४ गते देखि १७ गते सम्म संकलन गरिएको विद्यालय बाहिर रहेका ४ वर्ष पूरा भई १३ वर्ष पूरा नभएका बालबालिकाको वैयक्तिक विवरण ५ सय...

सडकमा उत्रने काभ्रेका किसानको चेतावनी

सडकमा उत्रने काभ्रेका किसानको चेतावनी
धुलिखेल - स्थानीय तहले बजेट निर्माणका क्रममा कृषि क्षेत्रलाई प्राथामिकतामा राख्नु पर्ने माग सहित नेकपा एमाले संवद्ध अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोकले जिल्ला स्थित १३ वटै पालिकालाई ज्ञापन पत्र बुझाएको छ । पालिकाहरु आगामी आर्थिक वर्षको वजेट निर्माणको चरणमा रहेको र बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने मागसहित ज्ञापन पत्र बुझाएको हो । किसानहरुको समस्याप्रती स्थानिय सरकारलाई ध्यानआकर्षण गराउन...

भैरव माविका विद्यार्थीमाझ अध्यक्ष अधिकारी

भैरव माविका विद्यार्थीमाझ अध्यक्ष अधिकारी
  – “हाम्रो विद्यालयको कम्प्युटर ल्याब अज्ञात समूहले तोडफोड गरेपछि पठनपाठनमा समस्या भएको छ । कहिले बन्छ अध्यक्षज्यू ?” –“ विद्यालयमा कम्पाउण्ड छैन, घेराबार कहिले बनाइदिनु हुन्छ ?” –“वडाका अरु स्थानमा त फ्रि इन्टरनेट वाइफाइ लगिदिनु भएको छ रे, एउटा फ्रि वाइफाइ हाम्रो विद्यालयमा राख्न मिल्दैन ? किनकी हाम्रोमा स्मार्ट बोर्ड छ तर, इन्टरनेट नभएकै कारण प्रयोगविहिन छ त्यो थाहै होला !” –“चट्याङल...

चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव

चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव
च्याम्राङबेंसी / चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता गर्दै रहनु भएका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी आफू बसेको स्थानबाट उठेर विद्यार्थीहरुले तयार पारेको ‘मिर्मिरे’ भित्तेपत्रि हेर्न पुग्नु हुन्छ । उहाँले पुलकित हुँदै गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजाता आचार्यलाई भन्नुभयो, “यो त साँच्चिकै लोभ्याउँदो छ । यसो गरौं यस प्र...

कुन्ताबेसीमा ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन

कुन्ताबेसीमा ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कुन्ताबेसीमा निर्माण पुरा भएको ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन गरिएको छ । आज नगरप्रमुख टोक बहादुर वाईबाले ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन गर्नुभएको हो । हाल ‘लक्ष्मी नारायण पार्क’ रहेको स्थानमा पिपलको रुख थियो । पिपलको रुख जीर्ण बनेर जोखिम बढेसंगै पार्कको रुपमा रुपान्तरण गरिएको हो । पार्क निर्माणका लागि पहिलो चरणमा नगरपालिका र उपभोक्ता समिति बीच २०७८ साल फाग...

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक
कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो । साहित्यकारहरु विशाल नाल्बो , सुदिप पाख्रिन , चन्द्र्र गुरुङ्ग, पराजित पोमु , इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार्यक्रममा रहेको थियो ! साहि...