अरनिको राजमार्ग अवरुद्ध : बसको ठक्करबाट घाइते स्थानीयको मृत्यु भएपछि तनाव

 

काभ्रेको पाँचखालमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक स्थानीयको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले अरनिको राजमार्ग अवरुद्ध गरेका छन्।

बिज्ञापन

सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले पैदलयात्री दिलबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करबाट करिब ७० वर्षीय, तीनधारे माईला उपनामले चिनिने श्रेष्ठ गम्भीर घाइते भएका थिए। अस्पतालमा उपचार चलिरहेका बेला उनको मृत्यु भएपछि स्थानीय र आफन्तहरूले घटना बुझाइ तथा दोषीमाथि कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

सडक अवरुद्ध भएपछि सो क्षेत्रको आवागमन प्रभावित भएको छ। प्रहरीले स्थानीयसँगको समन्वयमा राजमार्ग सुचारु गराउन पहल गरिरहेको जनाएको छ।