बनेपा नगरपालिकाले गर्यो कृषकहरूलाई कृषि औजार वितरण

बनेपा नगरपालिकाले गर्यो कृषकहरूलाई कृषि औजार वितरण
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले कृषकहरूलाई कृषि औजार विरतण गरेको छ नगर प्रमुख लक्ष्मी नरसिंह वादे,उप प्रमुख रेखा सापकोटा दाहाल,वडा अध्यक्ष शिबकुमार थापा,कृषि शाखा प्रमुख मुकुन्द केसि,बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल,प्रशासन प्रमुख जुजुभाई शुद्धाकार, कृषि प्राविधिक कमला हुमागाई, लगायतको उपस्थितिमा वितरण गरिएको छ । कृषकहरूलाई हाते ट्रयाक्टर २० वटा, मकै छोडाउने मेशिन ३६२, बिषादि छर्ने मेशिन ...

पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द

पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द
काभ्रेपलान्चोक - पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने भएका छन । शनिबार काभ्रेको पनौती र खोपासी फिडरका सबै क्षेत्रमा विद्युत बन्द हुने काभ्रे वितरण केन्द्रले सूचना जारी गरेको छ । बनेपा–पनौती सडक आसपास ११ केभीको डबल फिडरहरू सार्नु पर्ने भएकाले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले बताएको छ । बिहान १० बजेदेखि ६ बजेसम्म विद्युत सेवा बन्द हुने छ। पनौत...

साउन २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

साउन २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा...

प्रहरी चौकी पनौतीद्वारा घरेलु मदिरा नष्ट

प्रहरी चौकी पनौतीद्वारा घरेलु मदिरा नष्ट
काभ्रेपलान्चोक - पनौती प्रहरी चौकीले अबैद्य रुपमा बेचविखन हुदै आएको घरेलु मदिरा नष्ट गरेको छ । मदिराको कारण अपराधिक गतिविधि बढेको भन्दै प्रहरी चौकी पनौतीले एक हजार लिटर मदिरा नष्ट गरेको छ । नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको उक्त मदिरा आज (विहीबार) जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरिएको हो। प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले पनौती नगरपालिका ...

सानिमा लाइफको आइपीओ पहिलो दिनमै ७ लाख , माग भन्दा बढी

सानिमा लाइफको आइपीओ पहिलो दिनमै ७ लाख , माग भन्दा बढी
काभ्रेपलान्चोक - सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बपहिलो दिन बुधबार साँझ ४:५० बजेसम्म ७ लाख १२ हजार ४८१ जना आवेदकले १ करोड १७ लाख ५८ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.१८ गुणा बढी हो ।

खुल्यो सानिमा लाइफ इन्स्याेरेन्सको आईपीओ

खुल्यो सानिमा लाइफ इन्स्याेरेन्सको आईपीओ
काभ्रेपलान्चोक - सानिमा लाइफ इन्स्याेरेन्सले आईपीओ आज बाट खुला गरेको छ । सानिमा लाइफ इन्स्याेरेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ ।२० गतेदेखि खुला भएको आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ । सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह
काभ्रेपलान्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु भएको छ । माथिल्लो भेगमा पहिरोको अवस्था तथा तल्लो तटीय क्षेत्रमा बाढीले गरेको क्षति र नदीको कटान रोक्न तथा क्षति न्यूनीकरण गर्न सम्बन्धित विज्ञसँग सुझाव लिन थालेको मेलम्ची नगरपालिकाले जनाएको छ । केन्द्र, प्रदेश सरकार र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक बाढी प्रभावितका लागि बसोबासको व्यवस्थासहितका आवश्...

माडीका सुकुम्बासी भन्छन्- हामीमाथि राजनीति भयो, साढे ५ हजारले पाउँदै थिए जमिन

माडीका सुकुम्बासी भन्छन्- हामीमाथि राजनीति भयो, साढे ५ हजारले पाउँदै थिए जमिन
सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि माडीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी थप अन्योलमा छन् । माडीमा ५ हजार ४ सय ५८ जनाले लालपुर्जाका लागि फाराम भरेका थिए । वर्षौंदेखि जग्गाको स्वामित्व पाउने आशमा रहेका भूमिहिनहरु आयोग खारेज भएको खबरले दुःखी छन् । यसपटक भूमि आयोगका अध्यक्ष चितवनकै नेता देवी ज्ञवाली भएकाले पनि उनीहरुले जग्गा पाउने आशा गरेका थिए । बाँदरझुला सुकुम्बासी संघर्ष...

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने राससलाई बताउनुभयो । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अ...

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब
काभ्रेपलान्चोक - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै ...