बर्दिया : राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सी.) बर्दियाको आर्थिक तथा प्राविधिक सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्ज तथा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्यापर्यटन र संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने होमस्टेमा काम गर्ने कुकहरुको क्षमता अभिवृद्धिको लागि चार दिने तालिम सम्पन्न भएको छ ।

कुकहरुको क्षमता अभिवृद्धि तालिम ४ दिनसम्म संचालन हुने आयोजक संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाले जनाएको छ । बर्दिया र बाँकेको उत्तरी मध्यबर्ती क्षेत्र उपभोक्ता समितीका ३४ जना होमस्टेका कुकहरुको तालिममा सहभागिता रहेको छ । तालिममा सहभागी भएका ३४ जना मध्य १९ जनाले गत आर्थिक् वर्षदेखि नै होमस्टे संचालन गरिरहेको र अन्य १५ जना सहभागीले यसै वर्षदेखि होमस्टे संचालन गर्न लागेको एन.टि.एन.सी. बर्दियाका कार्यालय प्रमुख डा. रबिन कडरियाले बताउनु भयो ।

तालिमको उद्घाटन समारोहमा बोल्दै बर्दिया राष्ट्रिय निकुुञ्जका प्रमुख संरक्षण अधिकृत अशाेक भण्डारीले होमस्टे व्यवस्थापन संगसंगै समुदायको निकुञ्ज संरक्षणको क्षेत्रमा महत्वपुर्ण भुमिका हुने र मानव वन्यजन्तु सहअस्तित्व कायम राख्न समुदायमा उत्साह दिनुपर्ने बताउनुभयो । बर्दियाको उत्तरी चुरे क्षेत्र लेकगाँउ सुर्खेत देखि बाँकेको उत्तरी मध्यवर्ती क्षेत्र पुरनधारा हुँदै राप्तीसम्म लामो दुरीमा पर्ने ट्रेकिङ्ग हाल सम्मको सम्भावना बोकेको क्षेत्र भएकाले पर्यापर्यटनको नयाँ गन्तव्य समेत हुने कडरीयाले बताउनुभयो ।

निकुञ्ज अवलोकनको लागि बर्दिया र बाँके निकुञ्जमा आउने पर्यटकहरुलाई निकुञ्ज अवलोकन संगै निकुञ्जको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रसम्म सन्देश प्रवाह गरि वन वन्यजन्तुको संरक्षणमा उल्लेखनिय योगदान पुर्याउने होमस्टे व्यवसायिहरुको खानामा गुणस्तर बृद्धि गर्न तालिमको आयोजना गरिएको एन.टि.एन.सी. बर्दियाका कार्यालय प्रमुख डा. रबिन कडरियाले बताउनु भयो ।

पर्यटन व्यवसाय खाना संग प्रत्यक्ष रुपमा जोडिएकोले निकुञ्ज क्षेत्रमा संचालनमा रहेका होटेलका किचनमा काम गर्ने कर्मचारिको क्षमता अभिवृद्धि गर्नसकिएको खण्डमा पर्यटन व्यवसायि तथा निकुञ्ज संरक्षण दुवै तर्फ लाभ पुग्न सक्ने भएकाले तालिमको आयोजना गरिएको कडरियाले बताउनु भयो । संचालित तालिमको प्रशिक्षण नेपालको कुक क्षेत्रमा नेपाली खानालाई संरक्षण र सम्वर्धन गर्नुपर्छ भन्ने अभियानमा समेत रहेका ग्लाेवल नेपालीज सेफ फेडेरेसनका अध्यक्ष भान्से लक्ष्मण प्रसाद भण्डारीले गर्नुभएकाे थियाे । प्रशिक्षक भण्डारीका अनुसार तालिमका सहभागिहरु उत्साहित भएर तालिममा सहभागि भएका छन् ।

एन.टि.एन.सी. बर्दियाका कार्यालय प्रमुख डा. रबिन कडरिया भन्नुहुन्छ यस्ता किसिमको जीवन उपयाेगि सीपले बन्यजन्तु चाेरि शिकारी तथा विनाश हुनवाट जाेगाउंदै पर्यापर्यटन जगेर्ना हुने र त्यस क्षेत्रका वासिन्दाहरूकाे आर्थिक अबस्थामा सुधार हुने विचार व्यक्त गर्नु भयाे ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..