काभ्रेपलान्चोक – मञ्जुश्री असाहाय संरक्षण केन्द्रले आज राजधानीमा रहेको आरति पार्टी प्यालेसमा ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ। साे कार्यक्रम मञ्जुश्री असाहाय संरक्षण केन्द्र काठमाण्डु शाखाले गरेकाे जनाएको छ। कार्यक्रमकाे उदेश्य महिला समुदायमाथि भईरहेकाे दमन शाेषण र असमानताको विरुद्धमा सशक्त भएर सबै तह तप्काका महिलाहरु जुट्नु पर्ने एवम् अन्याय सहने र अन्याय गरिनु दुवै अपराध हुन् यसकाे लागि सदन सडक दुवै ठाउँबाट आफ्ना आवाजहरु बुलन्द गरिनुपर्ने रहेकाे छ।

 

कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित प्रदेश सभा सदस्य माननिय हरि प्रभा खड्गी रहनुभएकाे छ,भने’अतिथिहरुमा तारकेश्वर न.पा.कि उपमेयर सिर्जना बुर्लाकाेटि(अर्याल),नवजिवन पराेपकार समाजबाट मिरा केसि,मञ्जुश्री असाहाय संरक्षण केन्द्र ल.पु संयाेजक बाट बेबी राजभण्डारी,समुन्नत महिला मञ्च केन्द्रीय सदस्य सुनिता आचार्य ,महिला अधिकार कर्मि सरु सुनार,नेपाल टेलिभिजनकाे पहिलो समाचार वाचिका रचना सिं,समुन्नत महिला मञ्च नेपालको अध्यक्ष साेभा खत्री ,दरबार मार्ग प्रहरी वृत्त DSP काेपिला चुडाल,बालाजु प्रहरी वृत्त DSP रविन विष्ट,संस्थाका प्रेस सल्लाहकार राजन थापा,कलाकार एवम् अभियन्ता राजु कार्कि,पत्रकारहरु लगाएतकाे सहभागीता रहेकाे थियाे।

काठमाडौ जिल्ला शाखा संयाेजक मिना बस्नेटकाे अध्यक्षतामा कार्यक्रमकाे सञ्चालन संस्थाकी महासचिव कमला अधिकारीले गर्नुभएकाे थियाे।कार्यक्रमलाई दियाे प्रज्वलन गरि उद्घाटन गरिएको थियाे भने राष्ट्र गानकाे मधुर स्वरबाट गुञ्जायमान गर्दै प्रमुख अतिथि र अतिथिहरुले शुभकामना दिदै आफ्ना भनाइहरु राखेका थिए । -दिब्य न्युज बाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..