डेडीथुम्का माध्यमिक विद्यालयमा माध्यमिक तहको अध्ययन गर्दा गर्दै उनि राजनीतिमा होमिन पुगेका हुन् । १३ वर्षको उमेर देखि राजनितिमा होमिएका हक्की स्वभावका बाँस्कोटाका शैक्षिक तथा राजनितिक गुरुहरुका रुपमा चिनिने केदारनाथ नेपाल, कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल र एकराजकुमार शाही लगायतका शिक्षकहरु आज पनि उनको स्वभाव कडा तर विवेकशिल र जुझारु भएको बताउने गर्दछन् । त्यति मात्र नभई गोकुलको त्यति बेलाको लगाव, खटाई र जुझारुपन बाटै अहिलेको गोकुल नियाल्न सकिने त्यतिबेला उनिसंग नजिक रहेका अधिकाशं जानकारहरु बताउँछन् ।खास गरी अनेरास्ववियू र थोरै समय प्ररायुसंघमा चासो राख्दै अगाडी लम्केका बाँस्कोटा विद्यार्थी जीवनबाटै निडर र हक्कि मात्र थिएनन् उनको नेतृत्वमा थुप्रै भित्तेलेखन, नाराजुलुश, भण्डाफोर आन्दोलनहरु सफल भएका थिए । तत्कालिन समयमा रामहरी नेपाल महादेवस्थानको जनपक्षीय उम्मेदवार बन्न लाग्दा भएको अवरोध आन्दोलनको नेतृत्व पनि उनले नै छेडेका थिए । गोकुल बाँस्कोटाको नेतृत्वमा नयाँगाउँबाट आएको जुलुशको बलबाट त्यतिबेला रामहरी नेपालले जनपक्षीय उम्मेदवारी मनोनयन दर्ता गर्न सफल भएका थिए ।

मन्त्री भएर केवल मन्त्रीमा र झण्डावाल गाडीको सुखसयलमा सिमित रहेनन् बास्कोटा । उनमा भएको जनभावना, ग्रामिण भेगका जनताको वास्तविक दृश्यको मर्म र काभ्रे प्रतिको मायाँ छोटै समयमा प्रदर्शित हुन थाल्यो । बिना भेदभाव काभ्रेका दुबै क्षेत्रमा विकासे योजना र बजेटको ओइरो नै लाग्न थाल्यो ।
राजनीतिको झोला बोकी लामो समयसम्म कहिले क्षेत्रगत त कहिले जिल्लागत रुपमा बिभिन्न नेतृत्वलाई स्थापित गराउने आन्दोलनको मोर्चामा होमिएका गोकुलको काभ्रेको राजनितिक इतिहास लामो छ । उनकै नेतृत्वमा गाउँ विकास समिति, जिल्ला विकास समिति र त्यस बेलाका निर्वाचन क्षेत्रहरुमा बिजयको खम्बा गाडिएको इतिहास छ । सूर्य चिन्हलाई पार्टीको नेतृत्व र पहिचानको प्रतिक मान्ने बाँस्कोटा लामो समयसम्म विदुर सापकोटा, कृष्णप्रसाद सापकोटा, गोबिन्दनाथ उप्रेती, शिवबहादुर देउजा लगायतका थुप्रै नेताहरुलाई मूल नेतृत्व मान्दै अघि वढेका एक असल कार्यकर्ता हुन् । पटक पटक विभिन्न नेतृत्वलाई बोक्दै हिंडेका उनि पार्टीको जिल्ला अध्यक्ष, पार्टी केन्द्रिय कमिटी सदस्य हुँदै पार्टीको पोलिट्ब्युरो सदस्य समेत बनिसकेका छन् । अहिले बाँस्कोटा राष्ट्रिय राजनितिका चर्चित पात्र हुन् ।

 

ईतिहासको लामो दौरानकै क्रममा उनले काभ्रे हुँदै राष्ट्रिय राजनितिको नेतृत्वमा प्रवेश पाएका हुन् । पार्टी भित्र पटक पटक अवसर लिईसकेका नेताहरुले गरेको अन्र्तघातका कारण बास्कोटा पहिलो पटकको निर्वाचनमा सफल हुन सकेनन् । सधैं आफैंले मात्र पाइरहनु पर्ने र अरु नेतृत्वमा स्थापित हुनै नमिल्ने पूरातनवादी सोचका कारण पहिलो पटकको असफलतालाई दोस्रो पटक ठूलो अवसरमा बदल्न सफल उनी देशको सर्वोच्च राजनितिक निकाय संसद्मा मात्र पुग्न सफल भएनन्, राज्यमन्त्री हुँदै क्याबिनेटमा प्रवेश पाए । उनले संचार तथा स्ूचना प्रविधि मन्त्रीका साथै नेपाल सरकारको प्रवक्ता र शहरी विकास मन्त्रीसम्मको जिम्मेवारी पाउन सफल भए । मन्त्री भएर केवल मन्त्रीमा र झण्डावाल गाडीको सुखसयलमा सिमित रहेनन् बास्कोटा । उनमा भएको जनभावना, ग्रामिण भेगका जनताको वास्तविक दृश्यको मर्म र काभ्रे प्रतिको मायाँ छोटै समयमा प्रदर्शित हुन थाल्यो । बिना भेदभाव काभ्रेका दुबै क्षेत्रमा विकासे योजना र बजेटको ओइरो नै लाग्न थाल्यो ।

खानेपानी, विद्युत, सडक संजाल, स्कूल, विभिन्न विश्व विद्यालयहरु, आइसिटी ल्याबको अवधारणा उनकै पालमा चलेका योजनाहरु हुन् । काभ्रेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बैकल्पिक ब्यवस्थापन, सुनकोशीमा जलाशययुक्त विद्युत गृहको योजना, मण्डन, पाँचखाल र तेमाल लगायतका पालिकाहरुमा सुख्खा क्षेत्र वृहत खानेपानी आयोजनाको काम लगायत थुप्रै योजनाहरुले गति पाउन थाले ।

हुन त समग्र देशकै कुरा गर्ने हो भने नेकपा एमालेको नेतृत्वमा पहिलो पटक बनेको मनमोहन नेतृत्वको सरकार (जसको गृहमन्त्री के.पी.शर्मा ओली थिए) ले शुरु गरेको ९ सको कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु चल्दै आएका थिए । त्यसको आडमा जनविश्वास बटुल्दै आएको ने.क.पा. एमालेले आफ्नो गाउँ आफैं बनाऔं, वृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताहरु, गुमेको भूभाग समेटेर चुच्चे नक्सा ल्याउने काम, भारतले लगाएको अन्यायपूर्ण नाकाबन्दीको विरुद्धमा भएको चट्टानी अडान, रेलको सपना र साकारताको शुरुवात, शुरुङ मार्गको प्रारम्भ, शिक्षक कर्मचारीको तलव भत्ता, चीनसंगको पारबहन सन्धी, आफ्नो गाउँ आफैं बनाऔं अन्तर्गत गाउँगाउँमा सडक र सहकारीको अभियान अघि बढायो । यस्तै सगरमाथाको उचाई मापन र कायम गर्ने कार्य, लैङ्गिक तथा विभिन्न खाले घरेलु हिंसाको विरुद्ध कानून बनाउने काम, हेलिकप्टरबाट सुत्केरी महिलाको उपचार गर्ने व्यवस्थाको शुरुवात, आवाश बिहिनहरुलाई घर बनाइदिएको सन्दर्भ, खरको छानो हटाई टिनको छाना हालिदिने कार्य, विपद्को समयमा चार लाखसम्म नगद रकम दिने कार्य, घर बनाउने जमिनको उपलब्धताको लागि ३ लाख दिने कार्यक्रमको प्रारम्भ, पाइपलाईन मार्फत तेलको ढुवानी गर्ने कार्य, एक पालिका एक अस्पताल अवधारणाको कार्र्य, जिल्ला अस्पतालको स्तरवृद्धि गर्ने काम, मृगौलाका बिरामीको निःशुल्क डायलसिस गराउने कार्य, जातीय बिभेद विरुद्धको कानून बनाउने, मजदुरको लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याउने कार्य पनि नेकपा एमालेले नै अघि बढाउो । नेपाललाई विकाससिल राष्ट्रमा स्तरोन्नती र सूचिकृत गराउने कार्य, छोटो अवधिमा ५ हजार ४ सय ९८ कि.मि. सडक कालोपत्रे गराउने काम, १ हजार ४ सय झोलुङ्गे पुल बनाउने, विद्यार्थीको लागि दिवा खाजाको प्रवन्ध मिलाउने, किशोरीहरुका लागि सेनिटरी प्याड कार्यक्रम, वैदेशिक रोजगारी प्रकृयाको सहजिकरण, ललिता निवास जग्गा प्रकरणको छानबिन, ढलेको धरहरा ठड्याउने महान कार्य, ऐतिहासिक रानिपोखरीको निर्माण, तराईका जिल्लाहरुलाई सादरमुकाम जोड्ने सडकहरुको ४ लेन बनाउने काम एमालेकै नेतृत्वमा सम्भव भयो ।

उनलाई विपक्षीहरुले जति जति गाली गलौज गर्छन, त्यति त्यति फलिफाप भैरहेको छ । केन्द्रमा के.पी.ओलीलाई र जिल्लामा गोकुल बाँस्कोटालाई मध्य बिन्दूमा राखेर प्रचार अभियानको थालनी नगरी उनिहरुको चुनावी तथा राजनितिक अभियानहरु चल्नै छाडेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई अत्याधुनिक, ब्यवस्थित र अन्तराष्ट्रिय स्तरको बनाउने काम, निजगढ बिमानस्थलको अवधारणा, पोखरा बिमानस्थल, हुलाकी राजमार्गको काम, जनता केन्द्रित स्वास्थ्य विमा कार्यक्रम, जनकपुर जयनगर रेल, पूर्व पश्चिम रेलको लागि डि.पि.आर.तयार गरी मुआब्जासम्मको काम, शुरुङ युगको घोषणा, देशलाई प्रविधि मैत्री बनाउँदै हरेक क्षेत्रमा सूचना तथा प्रविधि सहितको अनलाई प्रविधि भित्र्याउने कार्य, खानी उत्खनन्को प्रक्रिया अगाडी वढाउँदै त्यसको सर्वेक्षण र सम्भाब्यता अध्ययन गर्ने कार्य, सातै प्रदेशमा औद्योगिक क्षेत्र घोषणा गरी कार्यान्वयनको दिसामा अगाडी वढाउने काम, बिप्लव, सिके राउत जस्ता पृथकतावादी आन्दोलनमा उत्रिएका दल र तीनका नेताहरुलाई राजनितिको मुलधारमा ल्याउने काम, संविधानको विरोध गरी मधेशमा आगो बाल्नेहरुलाई शान्तीपूर्ण तवरले हालको संविधानलाई स्विकार्य बनाउन बाध्य पार्ने काम, पूर्वका लिम्बुवान तथा खम्बुवान आन्दोलनलाई तुहाउने काम, दशकौंदेखि यो देशमा केहि पनि हुन सक्दैन र सबै बर्बाद भयो भनी अत्तालिएका हुत्तिहारा राजनितिक दलहरुलाई देशमै केहि गर्न सकिन्छ भन्ने आशाको दियो जगाउने काम एमालेले नै गर्यो । शसस्त्र द्वन्दमा लागि बन्दुकको त्रास र आतंकबाट सत्ता कब्जा गर्छु भन्नेहरुलाई तह लगाउने कार्य, संसदीय ब्यवस्था भनेको खसिको मासु देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नेहरुलाई यहि ब्यवस्थाबाट मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गराउन सकिन्छ भन्ने चेत खुलाउने लगायतका थुप्रै कामहरु नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको पालामा हुनु पनि गोकुल बाँस्कोटाको लागि सहज राजनितिक वातावरण नै थियो । त्यस्ता कतिपय कामहरुमा आफ्नो सक्रिय सहभागिता हुनु र कतिपय सन्दर्भहरुमा योजनाकारको भूमिका रहनुपनि गोकुल बाँस्कोटाको लागि त्यो महत्वपूर्ण अवसर थियो ।

काभ्रेमा वढ्दै गएको गोकुलको राष्ट्रिय राजनितिको सहभागिता, उनको लोकप्रीयता र उनमा भएको नेतृत्व क्षमतादेखि काभ्रेमात्र नभई राष्ट्रिय राजनिति नै तरंगित मात्र नभएर ससंकित बन्दै गैरहेको थियो । जसका कारण नियोजित रुपमा सेक्यूरिटी प्रिन्टिङ्गसंग जोडिएको एउटा टेप प्रकरणलाई तोडमोड र प्रविधिको उच्चत्तम दुरुपयोग गरी बाहिर ल्याउने काम भयो । नैतिकताका धनी उनी, आरोप लागेपछि निश्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्दै समयमै अलिकति पनि समय नपर्खि राजिनामा दिन पुगे । यस क्रममा समय बित्दै गयो । त्यस बिचमा धेरै कुराहरु हुने क्रममा परमादेशबाट ओली सरकार नै ढालियो । थुप्रै हुने र नहुने सम्पूर्ण कुराहरु नेपालको राजनितिले भोग्न पुग्यो तर गोकुलको आरोप परमादेशि गठबन्धनको सरकारले पार लगाउन सकेन । अन्ततः उनको आरोप प्रमाणित हुने आधारै बन्न सकेन । आरोप प्रक्रियामा संलग्नहरुमध्ये कोहि कांग्रेसको केन्द्रिय सदस्यता पुरस्कारबाट पुरस्कृत हुन सफल भए भने कोहि भागभागतिको अवस्थामै गुज्रिरहेका छन् । जति गर्दा पनि विरोधीहरुलाई उनि प्रतिको लोकप्रियता कमोजर बनाउने कुनै प्रकारको राजनितिक औजार सफलिभूत हुन सकेन । अन्ततः बिरोधीहरुका लागि जहाँ, जहिले र जसरी पनि ७० करोड ! भन्नु बाहेक यो आरोप निष्कम्मा प्रायः भैसकेको छ । बास्कोटा सांसद् र मन्त्री हुँदा काभ्रेपलाञ्चोक जिल्लामा इतिहासमै नआएको बजेट आयो । पाँचखालमा मदन भण्डारी विश्वविद्यालयको लागि ७ अर्ब, साँगामा राष्ट्रिय प्रतिरक्षा विश्व विद्यालयको लागि ४ अर्ब, पनौतीमा प्राविधिक विश्व विद्यालयको लागि ३ अर्ब र सुनकोशी तेस्रो बहुउद्देश्यीय ५३६ मेघावाट जल विद्युत आयोजनाको लागि ५८ अर्ब, पाँचखाल सुनकोसी खानेपानी परियोजनाको लागि २ अर्ब, ईन्द्रावती मण्डन खानेपानीको लागि डेड अर्ब, काभ्रेका बिभिन्न विद्यालयहरुमा करोडौंको आईटी ल्याब, पाँचखाल विशेष अािर्थक क्षेत्र सेजको लागि ४४ करोड, नाला पुण्यमाता पनौती करिडोरको लागि ७२ करोड र काभ्रेका बिभिन्न सहायक सडकहरुको लागि ५ अर्बभन्दा वढी बजेटको बन्दोबस्त मिलाउन सफल बाँस्कोटा आज काभ्रेली विकासका माइलस्टोनका रुपमा परिचित छन् ।

मिडिया काउन्सिल, मोवाइलको कालोबजारी रोक्ने ःम्ःक् प्रविधि, संचार गृहमा कार्यरत संचारकर्मीहरुको पारिश्रमिक लगायतका दर्जनौं कानून बनाएर संचार जगतमा आफूलाई देशकै अब्बल संचारमन्त्री साबित बनाउन सफल बाँस्कोटा आज काभ्रेमा मात्र सिमित छैनन् । उनको क्रेज सिंगो देशब्यापी बनिरहेको छ । त्यसैले उनलाई विपक्षीहरुले जति जति गाली गलौज गर्छन, त्यति त्यति फलिफाप भैरहेको छ । केन्द्रमा के.पी.ओलीलाई र जिल्लामा गोकुल बाँस्कोटालाई मध्य बिन्दूमा राखेर प्रचार अभियानको थालनी नगरी उनिहरुको चुनावी तथा राजनितिक अभियानहरु चल्नै छाडेका छन् । यसबाट के देखिन्छ भने गोकुल बाँस्कोटा काभ्रेली जनताबिच जनजनमा र मनमनमा सजिएका छन् ।

राष्ट्रिय राजनितिमा गोकुल क्रेज वढ्दो गतिमा छ । संसद्मा अन्य नेताहरु बोल्दा फिक्का र धिमा महसुस् हुन थाल्यो भने गोकुल बास्कोटाको उपस्थितिको आवश्यक्ता ठान्ने गरिन्छ । राष्ट्रिय मिडिया हाउसका मानिसहरु गोकुललाई आफ्नो मिडिया हाउसमा उभ्याउन भ्याइनभ्याई गर्छन् । यो गोकुल क्रेज हो, यो बाँस्कोटा क्रेज हो र यो बाँस्कोटा प्रतिको काभ्रे र काभ्रेली जनताप्रतिको राष्ट्रिय क्रेज समेत हो भनेर भन्न सकिन्छ । –नव क्षितिज साप्ताहिकबाट