भक्तपुर बाराहीस्थानमा अवस्थित ग्लीटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक दिवस, पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रजापतीले भक्तपुर शैक्षिक हब बन्दै गएको बताए । प्रजापतीले भक्तपुर गुणस्तरीय शिक्षाका लागि प्रख्यात हन सक्ने बताए । शैक्षिक गुणस्तरको लागि नगरपालिका र आफू सधै सहयोग गर्न तयार रहेको बताउँदै उनले भक्तपुरको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्द विद्यार्थीहरुलाई पनि यहाँको कला संस्कृति बारे जानकारी र शिक्षा दिदै लानुपर्ने धारणा राखे ।

कार्यक्रमका अतिथि भक्तपुर वडा ४ का अध्यक्ष दिपेन्द्र सुवाल, नेशनल प्याब्सन बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां, राष्ट्रिय युवा परिषदका सदस्य मुकेश योन्जनले शु कामना मन्तव्य दिएका थिए भने नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयले गरेका शैक्षिक एवं अनिवार्य क्रियाकलापको चर्चा गर्दै अभिभावकहरुलाई स्कुल प्रति सकारात्मक भूमिकामा रहि आफ्ना बालबालिकाहरुलाई अध्ययनमा प्रेरित गर्न प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।
कार्यक्रममा एसईई २०७६, २०७७ र २०७८ मा उत्तीर्ण हुने पूर्व विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान र कक्षागत शैक्षिक पुरस्कारका साथै अनिवार्य क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका संचालक एवम् प्रिन्सिपल राम प्रसाद खाताखोले विद्यालयको गतिविधि प्रष्ट्याउदै अभिभावक तथा विद्यार्थीहरुलाई सहजता प्रदान गर्न स्कुल बस र दिवा खाजाको व्यवस्था गरिएको बताए । प्रिन्सिपल खाताखोले ग्लीटर फ्युचरमा “एक विद्यार्थी एक खेल” अभियान सुरु गरेको समेत उल्लेख गरे ।

कार्यक्रमा विद्यार्थीहरुको विविध साँस्कृतिक प्रस्तुति, प्रतिभा प्रस्फुटन र खेल प्रस्तुतिहरु राखिएको सो कार्यक्रममा अतिथिहरु नेशनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष दिनेश शाक्य, विनोद लामा, श्रीराम सुवाल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षक, अभिभावकले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरुले नाटक, गीत, खेल कौशल प्रस्तुत गरेका थिए ।
विद्यालयका संचालक तथा अध्यक्ष जिवेश सिटिखूको सभापतित्वमा संचालन भएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly