काभ्रेपलान्चोक – निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा निर्मित फुर्के जुंगा युट्युव मार्फत सार्वजनिक भएको छ ।
तेजश रेग्मी र समिक्षा अधिकारीको सुमधुर स्वरले सजिएको फुर्के जुंगा गीतको भिडियोमा सोपिया बज्राचार्य, सुधिर श्रेष्ठ, रोशनी कार्की र राजको आकर्षक अभिनय रहेको छ । मुकेश हुमागाईको छायांकन रहेको गीतको भिडियोमा शिव बिकको नृत्य, कविता तोलांगी र रोशन भुषालको श्रृङ्गार रहेको छ भने भिडियोका सम्पादन पदम सुवेदी, कलर मिलन विश्वकर्माको रहेको छ । भिडियोमा ड्रोन पाइलटको जिम्मेवारी अमृत पाण्डेले निभाएको छ ।
गीतमा शब्द सपना बानियाको, संगीत तेजश रेग्मीको रहेको छ भने योगेशकाजीले संगीत संयोजन गरेको छ ।
सावर्जनिक भएको केही दिनमा नै गीतले चर्चा कमाउन सफल भैसकेको छ । निकै नै आकर्षक भिडियो बनेको फुर्के जुंगाबाट निकै नै आशावादी रहेको निर्देशक बुढाथोकी बताउँछन् । फुर्के जुंगा लोक दोहोरी गीतको भिडियो तेजश रेग्मी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly