


काभ्रेपलाञ्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं. ३ मा जन्मनु भएको युवा व्यवसायी रोहित दंगाल आज भोली अस्ट्रेलियामा हुनुहुन्छ । सक्सेस एजुकेशनल कन्सल्टेन्सी एण्ड जब सोलुसन प्रा.लि लाई काभ्रेको नै उत्कृष्ट र विश्वसनिया कन्सल्टेन्सी बनाउनको लागी अस्ट्रेलियामा गएर त्यहाँका बिभिन्न कलेजको निर्देशकहरु सँग भेट र्वाता जारी राखेको बताउनु भयो । व्यवसायको साथ साथै दंगाल बिगत लामो समय देखी नेपाली कांग्रेसमा आबद्घ हुनुहुन्थो । भरर्खरै सकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा सार्वजानिक हुन् साथ फेसबुक मार्फत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको जानकारी दिनु भएको थियो । उहाँले समाजमा रहेका दिन दुखी मानिसहरु लाई आर्थिक सहयोग गरेका धेरै उदाहरण पनि रहेका छन् । कोरोराको समयमा होस् या भुकम्पको समयमा होस् आफुले सकेको सहयोग गर्थे । दंगाल व्यवसायको साथ साथै नेपाली कांग्रेस काभ्रेको राजनीतिमा एक सुपरिचित युवा व्यक्ति हुन् । समाजा भएको विकृति, बिसंगति, मजदुरहरुको हक हित र भ्रष्टाचार बिरुद्घ खरो रुपमा उत्रने ब्यक्ति भन्दा फरक नपर्ला, उनी साहित्य, व्यवसाय एवं सामाजिक जिवन बिताउन मन पराउछन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले उनै रोहित दंगालसँग गरेको समसामयिक कुराकानी




० राजनीतिको साथ साथै व्यवसायमा सक्रिय हुनुहुन्छ व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?
व्यवसाय गर्नु आफैमा चुनौतीपूर्ण बिषय हो । लगानी, भाडा, कर्मचारी अनि व्यवस्थापनको पाटो एकातिर छदैछ अर्को कुरो नेपालमा व्यवसाय गर्नु अझै चुनौतीपूर्ण कुरो हो । जुन उमेरमा र समयमा मैले व्यवसाय सुरु गरे त्यो मेरो जिवनकै सबै भन्दा चुनौतीपूर्ण कुरा थियो । अनगिन्ती समस्याहरु झेल्दै अहिले आजको दिन सम्म आइपुग्न फलामको चिउरा चपाउनु जत्तिकै थियो । आज तपाईलाई यत्ति चाहिँ भन्न सक्ने भएको छु कि आज मलाई व्यवसाय गर्ने थोरै भए पनि अनुभव भएको छ र यो अनुभवलाई नै बलियो बनाउँदै जाने प्रयास गर्ने छु र मेरो व्यवसायको अवस्था राम्रो नै छ म यसैमा खुशी छु ।
० आफ्नो व्यवसाय बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
कुनै दिन १० रुपैयाँले म पनि केहि गर्न सक्छु भनेर प्रण लिएर अघि बढेको थिए । कति सफल भए त्यो चाहिँ समिक्षा गरेको छैन तर आज बिगतलाई फर्केर हेर्दा व्यवसायीक जिवन संग खुशी पनि छु सन्तुष्ट पनि छु । वर्तमान परिस्थितिमा म त्यहि व्यवसायका कारण आज अस्ट्रेलिया जस्तो देशको भ्रमण गरिरहेको छु ।
० भर्खरै सकियको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा सार्वजनिक हुन साथ नेपाली कांग्रेसको कृयासिल सदस्य बाट राजिनामा दिनु भयो नि किन ?
मैले रोजेको बाटो सामाजिक जिवन हो । राजनीतिक यात्रा बाट सामाजिक जीवन बिताउन सक्छु भन्ने सोचेको थिए । तर हैन रैछ पछिल्लो समयलाई अध्यन गर्दा र आगामी दिनलाई बिचार बिमर्श गर्दा राजनीतिले मान्छेलाई लोभी पापी बनाउन सिकाउने रैछ भन्ने महशुस भयो । आफ्नै दाजुभाई, साथीहरू, इस्टमित्र आफन्तजनमा मनमुटाव पार्टिगत आस्थाका कारण सम्बन्ध नै बिग्रेको पनि देखियो बरु स्वतन्त्र नागरिक बनेर बाच्छु भन्ने निर्णय लिए र मलाई लाग्छ मैले सहि निर्णय नै गरे ।
० तपाईंलाई त तपाईंको पार्टीकाले बिदेशी मुलुक बाट के राजनीति गर्नु त्यहीँ भएर राजीनामा दिएको हो भन्छन् नि ?
धेरैले त्यसरी बुझ्नु हुन्न् होला जस्तो लाग्छ मलाई किनभने अहिलेको समयमा आफ्नो काम विशेषले केहि समय अन्य मुलुकमा जानु बस्नु र फर्किनु सामान्य कुरा भैसकेको छ । म पनि आफ्नो व्यवसायको सिलसिलामा अस्ट्रेलिया आएको छु । यो सामान्य कुरा हो । कसैले यसरी सोचेको छ भने पनि त्यो एउटा असहमति जनाउने केहि व्यक्तिहरुको चिया गफै मात्र हुन सक्छ ए हजुर ब् कष्लनभि उभचकयल अबललयत दभ नययम ायच बिि मतलब एउटा व्यक्ति सबैको लागी असल हुन सक्दैन । धेरैको लागि राम्रो काम गर्ने अनि अरुले के भन्ला, के सोच्ला के गर्ला भनेर सोच्ने र त्यस्ता अन्प्रोडम्टिभ कुरामा दिने समय बचाएर आफ्नो सहि उदेश्य लिने र उदेश्य प्राप्तिको निम्ति लम्किने हो । अनि पो प्रगति हुन्छ त मैले त त्यता तिर ध्यान नै दिने गरेको छैन ।
० आफ्नो पार्टीको उम्मेदवारले जितेन्न भनेर राजिनामा दिनु भएको हो ?
अब आज तपाईले राजनीति लाई नै अलि धेरै महत्व दिनु भयो । म अलिकति खुलस्त पार्दै केहि प्रसंग जोड्न चाहान्छु । मैले कलिलो उमेर देखि कांग्रेस संग निकट भएर राजनीतिक कृयाकलापमा सक्रिय भएँ । म निरंतर रुपमा बिगत झण्डै १० बर्ष देखि नेपाली कांग्रेसको हरेक कार्यक्रममा सक्रियताका साथ उपस्थित हुन्थेँ र यहिँ यात्रामा म नगर कार्यपालिका सदस्य एवं यो महाधिवेशनमा क्षेत्रीय सदस्य समेत भएँ यो सत्य हो । मैले यो महाधिवेशन र स्थानीय निर्वाचन सम्मको अवधिमा धेरै कुरा सिकेँ भनिन्छ नि पढेर भन्दा परेर धेरै कुरा जानिन्छ हो त्यस्तै भयो । म मेरो व्यक्तिगत व्यवसायीक कारण प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको समयमा अस्ट्रेलिया भ्रमणमा थिए । हुन त यो तपाई संगको गफ पनि म अस्ट्रेलिया बाटै गर्दै छु । म यता हुँदा पनि निर्वाचनको निम्ति गर्न पर्ने र सकिने सबै प्रकारका कार्यहरुमा सकृयताका साथ नै लागि रहेको थिए । हामी नेपालमा निर्वाचनमा होमिदै गर्दा म विदेशी भुमिमा भएर पनि निर्वाचनको निम्ति आफुले सक्ने हरतवरको प्रयासहरु गर्दै लाग्दै गर्दा नेपाली कांग्रेसको आन्तरिक गुटबन्दी कै कारण पार्टि भित्रै बाट आफ्नो उमेदवार हराउन नेतृत्वतह बाटै खेलिएका खेलहरु छताछुल्ल भयो । गुटबन्दी त महाधिवेशनको लागी हो नि, पार्टिले लोकतान्त्रिक पद्धतिमा रहेर गरेको महाधिवेशन लाई नै प्रमुख एजेण्डा बनाएर आम निर्वाचनमा आफ्नै पार्टि लाई हराउन प्रमुख भुमरीमा खेल्नेहरु बाट के को आशा राख्ने, पार्टीको राजनीति गरेको लोकतान्त्रिक प्रक्रियामा चुनाव लड्ने नेतृत्व गरेर समाज रुपान्तरणको निम्ति खटिने कार्यको निम्ति हैन र ? अनि त्यहि आम निर्वाचन हराउन त्यहि पार्टिका प्रमुख नेता भनिने व्यक्तिहरु बाटै अंन्तर्घात भयो र यो सत्य काभ्रेली जनता सबैलाई नै थाहा छ । पार्टिमा रहेर काम गर्नुको उदेश्य सेवा थियो । व्यक्तिगत मुनाफा अथवा अन्य कुनै फाइदा लुट्न थिएन । आज सम्म मैले कुनै वडा कुनै नगरपालिका बाट सरकारी बजेट अथवा अनुदान लिएको छैन र लिन पहल सम्म पनि गरेको छैन । यदि लोभ नै थियो भने म पहल गर्थेँ पनि होला तर सेवा गर्न मन लागेर आएको थिए लिन हैन म निम्न स्तरको परिवारमा जन्मिएर संघर्ष गर्न सिकेको छोरो हुँ । आफुले जुन भावना बोकेर पार्टीमा आवद्ध भइयो त्यहि ठाउँमा यस्ता अलोकतान्त्रिक कृयाकलापको फस्टाउदो उपद्रो देखेर राजनीति बाटै वितृष्णा पैदा भएकै कारण मैले आफु कुनै पार्टिमा साधारण सदस्य समेत नरहेको जानकारी दिए ।

० अब कुनै अर्को पार्टीमा जाने सोच छ कि छैन ?
अबिन्द्र जी यो बिषयमा मैले अहिले सम्म केहि सोचेको छैन । अहिले लाई तटस्थ बस्ने स्वतन्त्र नागरिक भएरै बस्ने निर्णय गरेको छु । तर एउटा कुरा चाहिँ के हो भने म प्रत्यक्ष राजनीतिमा रहँदा अथवा नरहँदा पनि डेमोक्रेसी अर्थात प्रजातन्त्रको पुजारी थिए छु र रहन्छु ।
० तपाईंको अबको राजनीति यात्रा कसरी अगाडि बढछ ?
अबिन्द्र जी म राजनीतिक यात्रामा भन्दा पनि सामाजिक यात्रामा हिँड्न रहर गर्ने मान्छे हुँ । मैले मेरो राजनीतिक जिवनको बिषयमा सोचेको छैन नै भन्दा पनि हुन्छ । म आफ्नो रहरले राजनीतिमा आउने छैन तर समय र परिस्थितिको माग भयो र राजनीतिमा आउनै पर्ने अवस्था आयो भने समय अनुसार चल्न सकिन्छ त्यति मात्र हो ।
० अब तपाईंको योजना ?
अबको केहि समय व्यवसाय, परिवार र आफ्नो ब्यवहारहरु मिलाउनु पर्ने अवस्था छ । एउटा छोरो भएर जन्मिए पछिको हरेक खाले जिम्मेवारीहरु काम र कर्तव्यहरु पुरा गर्नु पर्ने छ । संगै सामाजिक जिवन मेरो जिन्दगीको अर्को रुप नै हो ।
० अन्तमा ?
म देश भन्दा बाहिर रहँदा पनि मेरो बारेमा चासो राखेर मलाई समय दिएर आफ्ना केहि भनाइहरु राख्ने मौका दिनु भयो म यसको निम्ति तपाई र तपाईको सम्पुर्ण टिम अनि नव क्षितिज साप्ताहिक मिडिया परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।


                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          