‘सुस्तरी माया गाढा भो’ ले चर्चा बटुल्दै

काठमाडौं । भर्सटायल गायक तथा संगीतकार बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा भो’ गीत सांगीतिक बजारमा सार्वजनिक भएको छ । अभावै अभावले जेलिएको आम सामान्य मानिसको कथा पारिवारिक रुपमा प्रस्तुत गरिएको उक्त गीतमा मिलन विछोडको कारुनिकता देखाइएको छ । गायक मोक्तानकै शब्द तथा संगीतमा तयार भएको गीतमा बुद्ध मोक्तान र कोपिला वाईबा तामाङको स्वर रहेको छ । शंकरा डिजिटलमा रेकर्ड गरिएको गीतको संगीत संयोजन विष्णु तामाङले गरेका हुन् ।
गीतलाई म्यूजिक भिडियोले थप उत्कृष्ट बनाएको छ । समिर थोकरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लाक्पा दोर्जे तामाङ र आयुष्मा कार्कीले जीवन्त अभिनय गरेका छन् । शुशिल डाँगीको छांयांकन तथा संजय लामाको श्रृंगार रहेको यो गीतको दृश्य सम्पादन विरबहादुर थारुले गरेका हुन् । उक्त गीत बुद्ध मोक्तान अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् म्युजिक भिडियोः

बिज्ञापन