काभ्रेपलान्चोक – चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ती कार्यक्रम सम्पन्न भएको छ । मंगलवार पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथी बास्कोटाले आफु सञ्चार मन्त्री हुदाँ काभ्रे मात्रै नभई देशैभरीमा माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको उनले स्मरण गरेका छन । वितरण गरिएका ल्याव ९० प्रतिशत सामुदायीक विद्यालयले प्रयोगमा ल्याई विद्यार्थीहरुलाई सिकाई रहेको र १० प्रतिशत त्यसै थन्किएको रिपोर्ट पाएको बास्कोटाको भनाई रहेको थियो ।

कार्यक्रममा विद्यालय ब्यबस्थापन सममितिका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले कुनै विद्यालय सँग पनि प्रतिस्पर्धा नभई गुणस्तरीय शिक्षा प्रदान गर्न, प्रविधि युक्त शिक्षा प्रदान गर्नका लागी ४ वटा कोठामा स्मार्ट बोर्ड जडान गरिएको र आगामी शैक्षिक सत्रबाट सबै कक्षा कोठामा जडान गरिने श्रेष्ठले बताए । विद्यालयलाई नगरको उत्कृष्ट बनाउन सफल भएको र आगामी शैक्षिक सत्रमा जिल्लाको उत्कृष्ट र प्रदेशको उत्कृष्ट बनाउन लागिरहेको बताए ।

विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रध्यानाध्यापक श्याम प्रसाद पाण्डेले प्रस्तुत गरेका थिए । उनका अनुसार विद्यालयमा भौतिक सुविधा सगै स्वच्छ खानेपानी, अपाङ्ग तथा बाल मैत्री शौचालय, गुणस्तरीय शिक्षा, कम्प्युटर ल्याब, विज्ञान ल्याब, पर्याप्त पुस्तकालय, मल्टि मिडाया कक्षा कोठा, योगाका कक्षा, प्रत्येक शनिबार संगित कक्षा सञ्चालन, स्कुल बसको लगाएतका सुविधा रहेको पाण्डेले बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा, सहायक प्रध्यानाध्यापक कृष्ण गोपाल श्रेष्ठ, कक्षा ९ का छात्र र्अजुन श्रेष्ठ, कक्षा १० की छात्रा प्रनिता विश्वकर्मा लगाएतका ब्यक्तिहरुले शुभकामना राखेका थिए । कार्यक्रममा विभिन्न सहयोगदाता हरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक भिमसेन हुमागाईले गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न सघं सस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, अभिभावकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..