


काठमाण्डौं, १६ कात्तिक
राप्रपा काठमाण्डौं क्षेत्र न ४‘ख’का उम्मेद्धार पुन्यलाल श्रेष्ठले मुलुकको समृद्धिका लागि राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्नुको विकल्प नगरेको बताएका छन ।




चुनाव प्रचारका क्रममा काठमाण्डौंको भृकुटीमण्डपमा भएको एक कार्यक्रमा मुलुकलाई सुसासनको बाटोमा पुयाउनको लागी बर्तमान परिपेक्षमा राप्रपा मात्र पार्टि रहेको उहाले बताउनुभयो । विधिको शासनको लागी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने राप्रपा क्षेत्र न ४ ख का उमेद्धार पुन्यलाल श्रेष्ठले बताउनुभयो ।


भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो । भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जनताको घर दैलो सुचारु गरेको हो । काठमाडौँ क्षेत्र न ४ लाई मुलुक कै नमुना क्षेत्र बनाउने अठोटका साथ निर्वाचन परिचालन समिती नै बनाएर घर दैलो अभियान गरिएको राप्रपा ले बताएको छ । निशुल्क स्वास्थ र निशुल्क शिक्षा प्रदान गर्न । आर्थिक क्रान्ति गर्न ,राज सस्था र हिन्दु राष्ट्रका पुन स्थापना गर्न तथा संघियता खारेज गर्न । भ्रष्टचार मुक्त मुलुक निर्माण गर्न तथा समुन्नत नेपाल बनाउने संदेश बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचनमा होमिएको उमेद्धार अर्का उमेद्धार प्रतिनिधि सभा सदस्य ठाकुर मोहन श्रेष्ठले बताउनुभयो । देशको विकाश गर्नको लागी निरन्तर रुपमा राप्रपाले विगत लामो समय देखी लागी परेको उहाँले बताउनुभयो ।