टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । शाखाको आईतबार सम्पन्न अधिवेशनबाट उनी १६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रत्यासी पुर्ण बहादुर चलाउने, कवि करण न्यौपाने र दिपक गौतमले क्रमश : ६, ११, १४ मत प्राप्त गरेका थिए । त्यसैगरी, अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा विजेता श्रेष्ठले १८ मत पाउँदा उपविजेता गोकर्ण अधिकारीले १७ मत प्राप्त गरेका थिए भने विनोद कुमार सापकोटाले ११ मत पाएका थिए ।

यसैगरी, महिला उपाध्यक्षमा ईन्दिरा खनाल निर्विरोध चयन भएकी छिन् । महिला उपाध्यक्षमा खनालको एकल उम्मेद्धारी परेको थियो । सचिवमा राजन गौतम निर्विरोध निर्वाचित हुँदा सह सचिव समावेशी तर्फ सजिना मोक्तान र सह सचिव खुल्ला तर्फ विश्वास आचार्य निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा लक्ष्मि पौडेल, कृष्ण प्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णु प्रसाद सापकोटा,दुबल सिंह, गुरुग प्रेमश र फुर्वा शेर्पा निर्वाचित भएका छन् भने
जापानबाट केन्द्रीय प्रतिनिधिका लागि भने मनिशा चौलागाई र राजविन थापालाई सर्वसम्मत चयन गरिएको छ । नवनिर्वाचित पहरी फोनिज जापानका संस्थापक अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..