बनेपा, काभ्रे बुद्ध हिमालय एलुम्नाई एशोसियसनको साधारणसभा गत बैशाख २ गते शनिबार सम्पन्न भएको छ ।
काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री बुद्ध हिमालय माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरु संस्था बुद्ध हिमालय एलुम्नाई एशोसियसनको काठमाडौ बानेश्वर स्थित धन्यवाद पार्टी प्यालेसमा भएको छ ।
चौरी देउराली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाईंको प्रमुख अतिथ्यता भएको कार्यक्रममा आगामी कार्यकालको लागि पुनः शेरफ योन्जनको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ जसमा अध्यक्ष शेरफ योन्जन, उपाध्यक्षमा चित्र प्रसाद चौलागाईं, महासचिव उस्पार सुनार, सचिब गोबिन्द बहादुर श्रेष्ठ एवं कोषाध्यक्षमा शिव प्रसाद ढुङ्गेल चयन भएका छन् । सदस्यहरुमा रमेश चौलागाईं, रोशन तामाङ मोक्तान , गुणराज गौतम, नेत्र बहादुर श्रेष्ठ चयन भएका छन् भने बाकी सदस्यहरु मनोनीत गर्ने गरेर समिति गठन गरेको अध्यक्ष योन्जनले बताएका छन् ।
श्री बुद्ध हिमालय मा.वि. माझीफेदामा अध्ययनपछि विभिन्न ठाउँ र पेशामा आबद्ध भै छरिएर रहेका विद्यार्थीहरुलाई एक ठाउँमा जोड्ने र विभिन्न सामाजिक हितको कार्यमा एकजुट हुने हेतुले स्थापित संस्थामा हाल सम्म करिब १७० जनाले भन्दा बढीले आजीवन सदस्य लिईसकेको र अन्य विद्यार्थीहरु पनि आजीवन सदस्य लिने क्रममा रहेका छन् ।
पुनः कार्यसमितिको जिम्मेवार लिदै अध्यक्ष शेरफ योन्जनले संस्थाले अबका दिनमा बिबिध सामाजिक कार्यलाई निक्कै महत्त्वका साथ योजना तयार पर्दै अघि बढ्ने बताएका छन् । उनले अहिले बनेको समितिमा नयाँ र पुराना सदस्यहरुको साथ र सहयोगले आगामी दिनमा संस्थाले सामाजिक कार्यको क्षेत्रमा सकेको र संस्थाको मुल उदेश्य अनुरुप काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..