विदेशमा अनुका डिजाइनको माग बढ्दो

|| मंगलबार, आषाढ २१, २०७९
विदेशमा अनुका डिजाइनको माग बढ्दो

फेशन डिजाइनरका रुपमा आफूलाई अब्बल प्रस्तुत गर्नुभएको छ अनु श्रेष्ठले । सानैदेखिको रुचीले यो क्षेत्रमा आएको बताउनुहुने अनु ‘अनु श्रेष्ठ डिजाइन’मार्फत आफ्ना क्रियशन पस्किरहनु भएको छ । सामाखुशी रहेको ‘अनु श्रेष्ठ डिजाइन’मार्फत विगत चार वर्षदेखि उहाँले आफ्ना क्रियशन पस्किरहनुभएको हो ।

द क्रियशन स्कुल अफ फेशन डिजाइनबाट फेशन सम्बन्धि कोर्ष गरेर अनु यो क्षेत्रमा होमिनु भएको हो । विभिन्न फेशन शोमा अवार्डसमेत चुम्न सफल अनु चर्चामा आउन मन नपाराउने र काममा विश्वास गर्ने बताउनुहुन्छ ।

बिज्ञापन

उहाँले डिजाइन गरेका विभिन्न ड्रेस विदेशका धेरै देशमा मन पराइएको छ । उहाँले अमेरिका, अष्ट्रेलिया, क्यानडा, युकेका साथै खासगरी युरोपियन मुलुकमा डिजाइनर ड्रेस सप्लाइ गर्ने गर्नुभएको छ । उहाँले यसमार्फत धेरै महिला दिदी बहिनीलाई रोजगारी प्रदान गर्न सफल हुनुभएको छ ।

कोरोना संक्रमणलाई नियन्त्र र रोकथाम गर्नका लागि गरिएको निषेधाज्ञाको समयमा पनि उहाँले धेरै दिदी बहिनीलाई रोजगारी दिएर सहयोग गर्नुभएको थियो । देशमै केही गर्नुपर्छ भनेर आफ्ना क्रियशनमार्फत विदेशमा राम्रो छबी बनाउन सफल अनु मिहिनेत र परिश्रम नै सबैभन्दा ठूलो कुरा रहेको बताउनुहुन्छ । ‘म नयाँ नयाँ परिकल्पना, मिहिनेतका साथ परिश्रम गरिहेकी हुन्छु, त्यसैले पनि होला सबैले राम्रो मानिरहनुभएको छ, विदेशमा पनि राम्रो माग छ’, उहाँले सुनाउनुभयो ।

अनुमा साहस र क्षमता दुवै छ । उहाँले गरेको संघर्षले उद्यम क्षेत्रमा आउन महिलालाई उत्साहित गर्छ । उहाँ भन्नुहुन्छ, ‘यो क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा चुनौती छ । यसैले आफूले जे गर्न सकिन्छ त्यो कामलाई चुनौतीभन्दा पनि अवसर र कर्तव्यको रुपमा स्वीकार गर्न सक्यो भने यसले आफूलाई आत्मविश्वासी बनाउन मद्दत गर्छ ।’ आफ्ना डिजाइनका माग बढदै गएकोमा आफूमा थप जिम्मेबारी थपिएको उहाँ बताउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम