बनेपा वडा नं. ७ को घर दैलो अभियान जारी

काभ्रेपलान्चोक – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो ।

बनेपा नगरपालिकाको वडा नं ७ ले आफ्नो गतिविधि लाई तीब्र दिएको छ । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर घर पुगेका छन् ।

बिज्ञापन

घर दैलो कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ७ वडा अध्यक्ष पदको उम्मेदवार वर्ण शाक्य ,सदस्य अनिलकुमार भैल, महिला वडा सदस्य लक्ष्मी कायस्ठ, शारदा अधिकारी वागदाश, श्रविन्द्र प्रधान लगायतको टोलिले घर दैलो अभियान लाई तीब्र दिएको हो ।