बनेपा, काभ्रे — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON), बनेपा कार्यसमितिद्वारा आयोजित एक विशेष सम्मान समारोहमा SEE 2081 मा GPA 4 प्राप्त गर्ने जिल्लाका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको छ।
“Let all the Private and Boarding Schools Be United” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभावान विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको हो।
सम्मानित हुनेमध्ये Bikateshwor English Secondary School, बनेपा-१३, भैंसीपाटीकी जिया खत्री र Graceland Secondary School, बनेपा-१४, साँगाकी प्रकृति दुलाल प्रमुख रहेका छन्। दुवै छात्राले SEE 2081 मा GPA 4 हासिल गर्दै जिल्लामा पहिलो स्थान प्राप्त गरेकी हुन्।
उक्त कार्यक्रम बनेपाको गौतम भिलेज रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रममा PABSON बनेपा कार्यसमितिका अध्यक्ष महेन्द्र बिष्टले यस्तो सम्मान कार्यक्रमबाट विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह र प्रतिस्पर्धात्मक भावना थप बलियो हुने विश्वास व्यक्त गरे। उनले निजी तथा आवासीय विद्यालयहरूबीचको सहकार्य र समन्वयले शैक्षिक गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने बताए।