को को हुन् त धुलिखेलमा उप-प्रमुखको आकाङ्क्षी

सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । यो संगै देशैभरि स्थानीय निर्वाचनको तयारी सुरु भएको छ ।मण्डनदेउपुर नगरपालिकामा पनि नेकपा एमाले भित्र संभावित नेताको उम्मेदवारीको बारेमा चर्चा शुरु भएको छ।

सामाजिक,राजनितिक,शैक्षिक र सहकारी क्षेत्रमा अब्बल व्यक्तित्व र नेकपा एमाले नेत्री तथा जिल्ला कमिटी सदस्य लाल तारा अधिकारी आगामी निर्वाचनमा धुलिखेल नगरपालिकाको नगर उप प्रमुख पदमा दावेदार उम्मेदवारका रुपमा देखिनु भएको छ।अहिले उहाँको बारेमा चर्चा परिचर्चा शुरु भएको छ।उहाँकाे मात्रै चाहनाभन्दा पनि नगरबासीकाे पनि चाहनामा बलियाे दाबेदार र आकांक्षीमा देखिनु भएको छ।

बिज्ञापन

बिगत ३ दशक देखि राजनितिमा होमिनु भएको उहाँले अनेरास्ववियुको विद्यार्थी राजनीति मार्फत आफ्नो राजनीतिक यात्रा अगाडि बढाउनु भयो ।उहाँ हालसालै भएको नेकपा एमाले जिल्ला अधिबेशनबाट अत्याधिक मत सहित नेकपा एमाले जिल्ला कमिटी सदस्यमा बिजयी हुनु भएको छ।

धुलिखेल मा उहाँ बाहेक बिगत लामो समय देखि एमाले को राजनीति मा ठूलो योगदान पुर्यादै आउनु भएका नेकपा एमाले नेत्री हुरु को पनि आकांक्षी र दावी रहेको छ। बाहाल वाला उप-प्रमुख बिमला शर्मा चौलागाईं , कमला काफ्ले र जमुना देवि लामा उम्मेदवारी दिनु भएको छ ।