काभ्रेपलान्चोक – बनेपा ७ रातमाटेमा रहेको काभ्रे पाँचखाल कोल्ड स्टोरेजले हरेक वर्ष किसानले स्टोर गरेको आलुको विनाश हुने गरि किसानको आलुनै सत्यनाश पारेको छ।

कोल्ड स्टोरमा स्टोर गरेको आलु खेतमा रोप्ने बेलामा लिन जादाँ कसैको आलु नै नहुने , कसैको आलु कुहिने ,कसैको दुई हात लामा टुसा आउने, गरेको पाइएको छ।

यस्तो लापरबाही गर्ने कोल्ड स्टोरेजले अलि बोल्न सक्नेलाई जरिवाना दिएर थामथुम पार्ने बोल्न नसक्ने जनतालाई हप्काएर पठाउने गरेको बुझिएको छ।

हरेक वर्ष जनतालाई दुख दिएर अनुदान खाएर आफू बाच्ने र जनता लाई मर्कामा पार्ने पाचँखाल कोल्ड स्टोर लाई कुनै तह निकायले अनुगमन नगरेको र जनताको आवाज राख्ने वातावरण सिर्जना नभएकोमा किसानले दुखेसो पोखेका छन् ।                      तस्बिरहरु हेर्नुस्  

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly