

काभ्रेपलान्चोक – नेकपा (एमाले) बनेपा नगरपालिका वडा नम्वर ८ को वडा कमिटिको वडा कार्यालय उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच वडा कमिटिले आफ्नो वडा कार्यालय स्थापना संगै उद्घाटन गरेको हो ।

उक्त उद्घाटन कार्यक्रम बनेपा नगरपालिका वडा नम्वर ८ वडा कमिटिका वडा अध्यक्ष श्याम मानन्धरको सभापतित्वमा र नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिशरण दाहाल प्रमुख आतिथ्यमा र नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितको विशेष आतिथ्यमा सो कार्यालय उद्घाटन गरिएको हो ।




कार्यक्रममा अखिल नेपाल महिला संघ काभ्रेको अध्यक्ष बिमला सापकोटा, वडा कमिटीका पदाधिकारीहरु, नेकपा एमाले समर्थक लगायत स्थानीय बासीहरुको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको छ ।

